१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

Posted on: 28 Sep, 2023

असोज ११, काठमाडौं | उदयपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सप्तरी राजबिराज नगरपालिका–३ बस्ने ३४ वर्षीय आसुतोष तिवारीलाई बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

भदौ ३० मा साँझ तिवारीले ति किशोरीलाई उनकै घरमा गएर बलात्कार गरेको आरोप छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय उदयपुरले थप अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!