Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ मंसिर ११ गते, बिहान ७:०५ बजे
काठमाडौँ - KTM

क्युवाका पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको निधन

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ११, क्युवा । क्युवाको राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व तथा पूर्व राष्ट्रपति ९० बर्षीय फिडेल कास्ट्रोको शुक्रबार राति निधन भएको छ । 

उनका भाई तथा वर्तमान् राष्ट्रपति राहुल कास्ट्रोले क्युवाको राष्ट्रिय टेलिभिजनमार्फत पूर्व राष्ट्रपतिको निधन भएको खवर शनिबार सार्वजनिक गरेका छन् ।  क्युवाको क्रान्तिका सर्वोच्च कमाण्डर तथा पूर्व राष्ट्रपति कास्ट्रोको शुक्रबार राती ११ बजेर २९ मिनेटमा निधन भएको बताइएको छ । क्यास्ट्रोलाई क्यूवामा कम्युनिष्ट क्रान्तिका नायक मानिन्छ ।

फिडेल क्यास्ट्रोले करिब आधा सताब्दी क्युवालाई एक पार्टी पद्धतिमा चलाए । उनले सन् २००८ मा भाइ राहुल क्यास्ट्रोलाई सत्ता हस्तान्तरण गरेका थिए । उनको जन्म १९१३ अगष्ट १३ मा भएको थियो । उनका ९ सन्तान रहेका छन् ।