2026-06-21 04:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बम विस्फोटमा परी एकै परिवारका चारको मृत्यु

2016-12-05

मङ्सिर २०, अफगानिस्तान । अफगानिास्तानको पूर्वी प्रान्त पाक्टिकामा सडकको किनारमा राखिएको एक बम विस्फोटमा परी चार अफगान नागरिकको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् ।

सोमबार बिहान भएको यस बम विस्फोटमा परी एकै परिवारका चार व्यक्तिको मृत्यु भएको छ । प्रान्तीय प्रहरी उपप्रमुख अब्दुल राउफ मसुदका अनुसार यस आक्रमणमा परी दुई बालबालिका र दुई महिलाको मृत्यु भएको छ ।

पाक्टिकाका खोसामन्द जिल्लामा भएको यस आक्रमणमा परी अर्का एक सर्वसाधारण घाइते भएका मसुदले थप जानकारी दिएका छन् ।

यस आक्रमणमा परी मारिएका ती परिवार एक दिन अगाडि मृत्यु भएको आफन्तको श्रद्धाञ्जलि सभामा सरिक हुनको लागि त्यसतर्फ गइरहेको बेलामा दुर्घटना भएको थियो ।

पाक्टिकामा भएको यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । तर अफगान सुरक्षाबललाई लक्ष्य गरी तालिवान आतङ्ककारी समूहले बारम्बार यस्ता आक्रमण गर्दै आएका छन्। त्यसकारण यो आक्रमणमा पनि तालिवानकै हात रहेको प्रहरीको अनुमान छ ।

सडक किनारमा राखिएको यस्ता बम विस्फोटमा परी बारम्बार सर्वसाधारण जनताले ज्यान गुमाउने गरेको छ। रासस/एपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ