Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ मंसिर २२ गते, दिउँसो १:२९ बजे
काठमाडौँ - KTM

४५ जना सवार पाकिस्तान एयरको बिमान दुर्घटना

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर २२, काठमाडौं । ४० यात्रु र ५ चालकदलका सदस्यसहित पाकिस्तान एयरको बिमान उत्तरी पाकिस्तानमा दुर्घटनामा परेको छ ।

पाकिस्तान एयरलाइन्सले जारी गरेको बिज्ञप्तिमा भनिएको छ कि फ्लाइट पीके-६६१ बिमान उत्तरी शहर चित्रालबाट राजधानी इस्लामाबादका लागि उडेको केहि समयमै सम्पर्कबिच्छेद भएको र दुर्घटनामा परेको हो ।

स्थानीय समयअनुसार बिमान अपरान्ह ३ः४० चित्रालबाट उडेको थियो भने ४ः१५ बजे सम्पर्क बिच्छेद भएको थियो ।

बिमान राजधानी इस्लामाबादबाट ७५ किलोमिटर टाढा हेभालियनको करपाल गाउँमा दुर्घटनामा परेको पुष्टि भएपनि बिमानमा सवार यात्रुको अवस्थाबारे भने केहि खुलेको छैन । उद्धारटोली घटनास्थलसम्म पुग्दै गरेको पाकिस्तानी सरकारी रेडियोले जनाएको थियो ।