मङ्सिर २६, अमेरिका । संयुक्त राज्य अमेरिकाको एउटा निजी क्षेत्रको विमान कम्पनीः बोस्टन सेल्टिक्सको एक विमानमा बम राखिएको हल्ला चले तापनि सो बिमान ओक्लाहोमा सिटीम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २६, अमेरिका । संयुक्त राज्य अमेरिकाको एउटा निजी क्षेत्रको विमान कम्पनीः बोस्टन सेल्टिक्सको एक विमानमा बम राखिएको हल्ला चले तापनि सो बिमान ओक्लाहोमा सिटीम"/>
2026-06-25 09:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बम राखिएको भनिएको अमेरिकाको विमान सकुशल अवतरण

मङ्सिर २६, अमेरिका । संयुक्त राज्य अमेरिकाको एउटा निजी क्षेत्रको विमान कम्पनीः बोस्टन सेल्टिक्सको एक विमानमा बम राखिएको हल्ला चले तापनि सो बिमान ओक्लाहोमा सिटीमा सकुशल अवतरण गरेको स्थानीय बोस्टन ग्लोब समाचारपत्रले उल्लेख गरेको छ । 

ओक्लाहोमा सिटीमा आइतबार आयोजना हुन गै रहेको “थन्डर” नामक खेलमा सहभागी हुन खेलाडीको टिम र कार्यकारीहरु चढेको उक्त विमान प्राइभेट चार्टर उडानमा म्यासाच्युसेट्स राज्यको बेडफोर्ड बिमानस्थलबाट ओक्लाहोमा सिटीका लागि शनिबार बेलुकीपख प्रस्थान गरेको थियो । 

विमानमा बम राखिएको भनी विमान उडिरहेकै अवस्थामा कसैले चलाइ दिएको हल्ला चालक दल र टिमका केही कार्यकारीहरुको मात्र जानकारीमा रहेको थियो । 

खेलाडीहरु भयभीत हुन नपाउन भनी अरु कसैलाई पनि थाहा दिइएको थिएन । अन्ततः विमान विल रोजर्स विमानस्थलमा बेलुका पाँच बजे सकुशल अवतरण ग¥यो । 

विमान अवतरण भएपछि मात्र बम राखेको भनिएको हल्ला सबै यात्रुलाई जानकारी गराइएपछि दौडादौड मच्चिन गयो । विमानस्थल अधिकारीहरुले विमानमा राखिएका सबै ब्यागेज, सरसामान नियन्त्रणमा लिई यात्रुहरुलाई मात्र बाहिर निस्कने अनुमति दिए । 

पछि, अमेरिकी फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई), ओक्लाहोमा सिटी फिल्ड अफिसका सम्बन्धित अधिकारीहरु आई शनिबार राति विमानभित्र सबैतिर सम्पूर्ण जाँच गर्दा कहिँ कतै पनि बम वा विस्फोटक पदार्थ फेला परेन । 

बम राखिएको हल्ला कुन बदमासले कहाँबाट फैलाएको हो यसबारे एफबिआईले थप अनुसन्धान गरिरहेको पनि बोस्टन ग्लोबले जनाएको छ । रासस/एपी 

(फाइल तश्विर) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक