2026-06-26 10:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानमा अविरल वर्षाबाट २८ जनाको मृत्यु

2019-02-22

फागुन १०, इस्लामाबाद । पाकिस्तानमा केही दिनयता परेको अविरल वर्षाको कारण देशका विभिन्न भूभागमा गरी कम्तीमा पनि २८ व्यक्तिको मृत्यु भएको छ । 

स्थानीय सञ्चारमाध्यमले शुक्रबार दिएको जानकारीअनुसार यसै हप्ताको शुरुबाट परेको अविरल वर्षा, आँधी र भीषण हिमपातको कारण ती २८ व्यक्तिको मृत्यु भएको छ । 

पाकिस्तानको दक्षिणीपश्चिमी प्रान्त बलुचिस्तानममा मुख्यमन्त्री जामभ कमाल खानले सञ्चारमाध्यमलाई सो प्रान्तमा अविरल वर्षापछि आएको बाढीका कारण चार व्यक्तिको मृत्यु भएको जानकारी दिनुभएको छ । 

यस प्रकोपपछि उद्धार कार्यका लागि चार ओटा हेलिकोप्टरको प्रयोग गरिएको मुख्यमन्त्रीले बताउनु भएको छ । खैबर पाख्तुनख्वा प्रान्तमा पहिरोमा परी र हिमपातको कारण कम्तीमा १४ व्यक्तिको मृत्यु भएको सो विज्ञप्तिमा जनाइएको छ । 

पाकिस्तान अधिनस्थ काश्मिरमा वर्षासँगै सम्बन्धित घटनामा परेर एक बालकको मृत्यु भएको छ । हिमपात र भारी वर्षाको कारण देशका कैयौँ पहाडी इलाकामा सडकहरू तथा विद्युतीय लाइनहरू पनि अवरुद्ध भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ