2026-06-27 03:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरिया महिला कामदारलाई कम ज्याला दिने मुलुकमध्ये अग्रस्थानमा

2019-02-26

फागुन १४, दक्षिण कोरिया | महिला कामदारलाई कम ज्याला दिने मुलकमध्ये दक्षिण कोरिया अग्रस्थानमा रहेको अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट (ओइसिडी)ले तयार पारेको प्रतिवेदनमा सोमबार जनाइएको छ । 

सन् २०१७ को तथ्याङ्क अनुसार दक्षिण कोरियाका ३५.५ प्रतिशत महिला कामदारले मापदण्डभन्दा कम ज्याला भूक्तानी पाउने गरेका पाइएको छ । 

ओइसिडी राष्ट्रका कामदारको औसत आम्दानीभन्दा दुई तिहाइ कमी ज्याला भूक्तानी पाउने श्रमिकको आम्दानीलाई न्युनतम आम्दानी भएको मानिन्छ । 

३६ राष्ट्रहरू सदस्य रहेको ओइसिडीमा दक्षिण कोरियाका महिलाको ज्याला भूक्तानी दरमा आर्थिक हिसाबले सम्वृद्ध मानिने आठ मुलुकमध्ये सबैभन्दा अग्रस्थानमा रहेको सन् २०१७ को तथ्याङ्कले देखाएको छ । दुई नम्बरमा रहेको अमेरिकामा २९.०७ प्रतिशत महिलाको आम्दानी मापदण्डभन्दा कम रहेको पाइएको छ । 

सर्वेक्षणले सन् २०१६ मा २३ देशको तथ्याङ्क तुलना गरेको थियो जसमा उक्त बर्ष ३७.२ प्रतिशत महिलाको आम्दानी मापदण्डभन्दा कम रहेको थियो । सन् २०१६ मा इजरायल ३०.४२ प्रतिशतसहित दोस्रो कम ज्याला भूक्तानी गर्ने स्थानमा रहेको थियो । 

सन २०१७ मा ओइसिडी राष्ट्रका लागि औषत ज्याला भूक्तानी प्रतिशत दर २०.०१ प्रतिशत रहेको थियो । 

यद्यपि दक्षिण कोरियाका लागि सान्त्वनाको कुरा के छ भने महिलालाई निम्न ज्याला दिने मुलुकको अग्रस्थानमा नाम आएपनि आफ्नै पूराना रेकर्डलाई भने कोरियाले सुधार गरेको छ । सन् २००० मा यो दर ४५.७७ थियो भने २०११ मा ३८.२१ रहेको थियो । तर सन् २०१४ पछि महिलालाई दिइने ज्यालादरमा क्रमशः वृद्धि भएको छ । 

दक्षिण कोरियामा पुरूष कामदारलाई दिइने ज्याला भने सन् २०१७ मा औषतको नजिक रहेको देखिएको तथ्याङ्कमा छ । 

कम ज्याला पाउने पुरूष १४.३ प्रतिशत रहेको र आठ मुलुकमध्ये पाँचौँमा परेको छ । यो दर सन् २०१६ मा १५.३ प्रतिशत रहेको र मापन गरिएका २४ मुलुकमध्ये नवौँमा परेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना