2026-06-25 10:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत–पाकिस्तानबीच तनाव बढ्यो: सीमामा गोली हानाहान, चार जनाको मृत्यु

2019-02-27

फागुन १५, काठमाडौं– जम्मु–कश्मिरस्थित नियन्त्रिण रेखामा भारत र पाकिस्तानबीच तनाब बढेको छ । केही स्थानमा संघर्ष विराम उलंघन गरेर गोलीबारी गरेको एकअर्काको आरोप छ । पाकिस्तानको बालाकोटकमा भारतीय वायुसेवाले गरेको आक्रमण पछि बढेको भारत पाकिस्तानबीचको तनाव झन चर्किएको हो ।

भारतले पाकिस्तानको भुमिमा गरेको आक्रमणको पहिलो दिनमै भारतले नियन्त्रित रेखा लाइन अफ कन्ट्रोलमा दुई पक्षबीच गोली हानाहान भएको छ । घटनामा केहीको हताहती भएको छ भने केही घाइते भएका समाचार आएका छन् । घटनामा भारतीय सेनाको गोली लागेर चार पाकिस्तानी सर्वसाधारणको मृत्यु भएको बिबिसी हिन्दीले उल्लेख गरेको छ ।

आक्रमणमा मारिनेमा तीन महिला र एक बच्चा रहेको खबर छ ।  भारतले पाकिस्तानले एलओसीमा संघर्ष विराम उल्लंघन गरेको आरोप लगाएको छ भने पाकिस्तानले पनि भारतले नियन्त्रिण रेखा उल्लंघन गरेको जनाएको छ । पाकिस्तानले जम्बू कश्मीरका अखनुर, नौशेरा र कृष्ण घाटीमा संघर्ष बिरामको उल्लंघन गरेको आरोप छ । 

घटनामा भारतीय सेनाका पाँच जवान घाइते भएको भारतले जनाएको छ । भारतको पुलवामा जिल्लामा गत फेब्रुअरी १४ मा भारतीय केन्द्रीय रिजर्व फोर्सका ४६ जना सुरक्षाकर्मी आत्मघाती आक्रमणमा मारिएपछि भारत र पाकिस्तानबीचको तनाव बढ्दै गएको छ । 

सोही घटनाको बदला स्वरुप भारतले मंगलबार बिहान पाकिस्तानमाथि सर्जिकल स्ट्राइक गरेको थियो । पाकिस्तानले पनि भारतको हमलाको जवाफ चाँडै पाउने भन्दै उचित समयमा कारबाही गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ