Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ फाल्गुण १५ गते, दिउँसो १२:५० बजे काठमाडौँ - KTM, विश्व

पाकिस्तानी लडाकु विमान भारत पसे, जम्मू–कश्मीरका विमानस्थल बन्द

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १५, काठमाडौं | जम्मु–कश्मिरस्थित नियन्त्रिण रेखामा भारत र पाकिस्तानबीच तनाब बढेको छ । पाकिस्तानको बालाकोटकमा भारतीय वायुसेवाले गरेको आक्रमण पछि बढेको भारत पाकिस्तानबीचको तनाव झन चर्किएको छ । अहिले दुई देशबीचको सीमामा तनाव बढेको छ ।

पछिल्लो समय ‘लाइन अफ कन्ट्रोल’ (एलओसी) मा सीजफायरको व्यापक उल्लंघन भइरहेको छ । दुवै पक्षबाट गोलीबारी भइरहेको समाचारहरु बाहिर आइरहेका छन् ।

यसैबीच, पाकिस्तानी लडाकु विमानले भारतीय वायुसीमाको उल्लंघन गरेको भारतीय मिडियाहरुले दाबी गरेका छन् ।

भारतीय मिडिया आज तकका अनुसार २ वटा पाकिस्तानी लडाकु विमान भारतीय सीमाभित्र पसे जम्मू–कश्मीरका विमानस्थल बन्द गरिएको छ ।

राज्यको लेह, जम्मू, श्रीनगर र पठानकोठका विमानस्थललाई हाईअलर्टमा राखिएको छ ।

सुरक्षाका कारण एयरस्पेस बन्द गरिएको छ भने व्यवसायिक विमानहरुमा पनि रोक लगाइएको छ । एजेन्सी