Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ जेठ १३ गते, बिहान ७:५४ बजे
विश्व

बंगलादेशमा आँधीबाट मृत्यु हुनेको संख्या २४ पुग्यो, देशभर विद्युत आपूर्ति बन्द

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ ९, ढाका । बंगलादेशमा समुद्री आँधी र वर्षाका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

रोआनु नाम दिइएको आँधीबाट पाँच लाख मानिसलाई सुरक्षित स्थानमा लगिसकिएको छ । धेरैजसो बन्दरगाह बन्द गरिएको छ भने देशभर विद्युत आपूर्ति बन्द भएको छ ।

आँधीको प्रभाव कम भए पनि वर्षा भने जारी छ । तल्लो तटीय क्षेत्रका २० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिँदै छ ।