२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाका कारण विश्वभरी ११ लाख तीन हजारको मृत्यु

२०७७, ३० आश्विन शुक्रबार ०९:०७

असोज ३०, पेरिस (रासस/एपी)।  महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभरी हालसम्म ११ लाख तीन हजार ३७९ जनाको मृत्यु भएको छ । विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार कोरोनाभाइरसबाट विश्वभरी सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या तीन करोड ९२ लाख सात हजार ४३६ पुगेको छ । 

कुल सङ्क्रमित मध्ये दुई करोड ९३ लाख ९७ हजार ८३५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भइसकेको तथ्याङ्क छ । विश्वभरी अहिलेपनि ८७ लाख छ हजार २२२ जना सङ्क्रमित अवस्थामै रहेका छन् । ती मध्ये ८६ लाख ३५ हजार ३१६ जनाको अवस्था मध्यम छ भने अरु ७० हजार ९०६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

सङ्क्रमितहरुको सङ्ख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, स्पेन, अर्जेन्टिना, कोलम्बिया, पेरु, मेक्सिको र फ्रान्स क्रमशः अग्र देशमा रहेका छन् । अमेरिकामा अहिलेसम्म ८२ लाख १६ हजार ३१५ जना सङ्क्रमित भएका छन् भने दुई लाख २२ हजार ७१७ जनाको मृत्यु भएको छ । 

त्यसैगरी भारतमा ७३ लाख ७० हजार ४६८ जना सङ्क्रमित हुँदा एक लाख १२ हजार १६१ जनाको मृत्यु भएको विवरण छ । सङ्क्रमितहरुको संख्या हेर्दा ब्राजिलमा ५१ लाख ७० हजार, रुसमा १३ लाख ६९ हजार स्पेनमा नौ लाख ७२ हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । 

गत डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक देखिएको पुष्टि गरिएको कोरोनाभाइरस अहिले फैलिदै विश्वका २१६ देशमा पुगिसकेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ