साउन १७, क्यानबेर्रा । संयुक्त राष्ट्र संघको सर्वोच्च स्थान महासचिव पदका लागि आगामी मनोनयनका लागि वैदेशिक मामिला तथा वाणिज्य "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १७, क्यानबेर्रा । संयुक्त राष्ट्र संघको सर्वोच्च स्थान महासचिव पदका लागि आगामी मनोनयनका लागि वैदेशिक मामिला तथा वाणिज्य "/>
2026-06-24 03:32 PM
काठमाडौँ - KTM

अष्ट्रेलियाली प्रधानमन्त्रीले महासचिव पद ठाडै अस्वीकार गरिदिए

साउन १७, क्यानबेर्रा । संयुक्त राष्ट्र संघको सर्वोच्च स्थान महासचिव पदका लागि आगामी मनोनयनका लागि वैदेशिक मामिला तथा वाणिज्य मन्त्रालय (डिएफएटि) ले पूर्वप्रधानमन्त्री केभिन रुडलाई सिफारिस गरी समर्थनका लागि पेश गरेकोमा अस्टेलियाका प्रधानमन्त्री माल्कोम टर्नबुलले अस्वीकार गर्नु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

अस्टेलियाली स्थानीय सञ्चारमाध्यम न्युज कर्पकाअनुसार डिएफएटिका नवनियुक्त विभागीय प्रमुख फ्रान्सिस आडम्सनद्वारा प्रस्तावित पूर्वप्रधानमन्त्री केभिनको नामलाई बहूसंख्यक अस्टेलियाली कूटनीतिज्ञहरुले समर्थन जनाएका थिए ।

तर,‘उहाँ यत्रो गौरवशाली भूमिकामा रहन नसुहाउने’ भन्दै प्रधानमन्त्री माल्कोमले अस्वीकार गरेका छन् ।

यसपूर्व सहमत भईसक्नु भएका प्रधानमन्त्री टर्नबुलले एक्कासी आफ्नो निर्णय परिवर्तन गरेकामा आश्चर्यचकित हुनु भएका रुडले उनका पहिलेका ३ वटा व्यक्तिगत पत्र देखाउँदै ‘वर्तमान प्रधानमन्त्रीले आफूप्रति अन्धनजरले पूर्वाग्रह राखेको, आफ्नो नाम मनोनयनमा बाधा खडा गरी न्याय दिन नसकेको ’ भन्ने तीब्र प्रतिक्रिया जनाउँदै एक विज्ञप्ति समेत जारी गरेका छन् ।

पूर्वप्रधानमन्त्री केभिन रुडको नामका पछाडि बिदेश मन्त्री जुली बिशप, अमेरिकाका लागि अस्टेलियाली राजदूत तथा पूर्व कोएलिसन ट्रिजरर जो हकि, लन्डनस्थित बेलायतका लागि अस्टेलीयाली महावाणिज्यदूत अलेक्ज्यान्डर डाउनर लगायत अन्य थुप्रै उच्चस्तरिय कुटनीतिक ब्यक्तित्वहरु उभिएका थिए । रासस /सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ