पढ्न करिब 1 मिनेट लाग्छ

साउन २१, एजेन्सी | विद्रोही समूह इस्लामिक स्टेट आइएसका एक प्रमुख नेता मारिएका इजिप्टीयन सेनाले बताएको छ । सेनाका अनुसार सिनाई प्रान्तमा भएको हवाई आक्रमणमा त्यहाँका प्रमुख विद्रोही नेता अबु दुआ अल अन्सार मारिएका हुन् ।

यी आइएसका प्रमुख नेता सन् २०११ देखि सिनाई इलाकामा सक्रिय थिए । तर विद्रोहीले उनी मारिएका बारे कुनै प्रतिक्रिया जनाएको छैन ।

हवाई आक्रमणमा अरु ४५ जना विद्रोही लडाकु पनि मारिएका इजिप्ट सेनाले दाबी गरेको छ । विद्रोहीको गोलाबारुद राख्ने भण्डारमा समेत नोक्सानी भएको सेनाले जनाएको छ ।