Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ मंसिर २२ गते, बिहान १०:३६ बजे
काठमाडौँ - KTM

भारतीय प्रधानमन्त्री मोदीले बोलाए आकस्मिक बैठक

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर २२, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आकस्मिक बैठक बोलाएका छन्। भारतको तमिलनाडुस्थित निलगिरिस जिल्लाको कुन्नूरमा भएको सेनाको हेलिकोप्टर दुर्घटनापछि मोदीले आकस्मिक बैठक बोलाएका हुन्।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले वायुसेनाको हेलिकप्टर दुर्घटना हुनासाथ मोदीलाई जानकारी दिएका थिए। यसपछि मोदीले आपतकालीन बैठक बोलाएका छन्। सीडीएस विपिन रावतलाई गम्भीर अवस्थामा अस्पताल लगिएको बताइएको छ।

वायुसेनाले दुर्घटनाको कारण थाहा पाउन छानबिन गर्न आदेश दिइएको छ। घटनास्थलबाट चार जनाको शव फेला परेको छ। घाइते तीन जनालाई अस्पतालमा भर्ना गरिएको छ।

चिफ अफ डिफेन्स स्टाफ जनरल भारतीय सेनाप्रमुख विपिन रावत आफ्ना स्टाफ र परिवारका सदस्यहरूसँग हेलिकोप्टरमा थिए। दुर्घटनामा परेको सेनाको हेलिकोप्टर एमआई सिरिजको हो। यसमा दुईवटा इन्जिन छन्।