Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ मंसिर २५ गते, बिहान ९:११ बजे
काठमाडौँ - KTM

स्विट्जरल्याण्डमा ५ देखि ११ वर्षका बालिबालिकालाई खोपको अनुमति !

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

एजेन्सी | स्विट्जरल्याण्डको स्विस एजेन्सी फर थेराप्युटिक प्रोडक्ट (स्विसमेडिक) ले शुक्रबार त्यहाँ ५ देखि ११ वर्षका बालबालिकाका लागि फाइजर खोपको प्रयोगलाई स्वीकृत गरेको छ। स्विसमेडिकले आफ्नो वेबसाइटमा एक विज्ञप्तिमा जारी गर्दै खोपका लागि आवेदनमा पेश गरिएको डाटालाई अध्ययन गरेको र क्लिनिकल परीक्षणको नतिजाले यो खोप सुरक्षित छ र यो उमेरका बालबालिकामा लागू गर्दा प्रभावकारी नतिजा देखाएको देखाएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, यो अध्ययन १५०० भन्दा बढी बालबालिकामा गरिएको थियो र यो ५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि पूर्ण रूपमा सुरक्षित रहेको पाइएको थियो । एजेन्सीले इन्जेक्सन साइटमा दुखाइसँगै थकान, टाउको दुख्ने, ज्वरो र हात खुट्टा दुख्ने जस्ता साइड इफेक्टहरू पनि देखाएको छ।