पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>एजेन्सी |</b> नयाँ वर्षको शुरुवातबाट पुराना डिजेल सवारीसाधनमाथि कारबाही सुरु हुने भएको छ । दिल्ली सरकारले जनवरी १, २०२२ देखि लागू हुने १० वर्ष पुराना सबै डिजेल गाडीहरूको दर्ता रद्द गर्नेछ । सरकारले यी सवारी साधनहरूलाई अन्य ठाउँमा पुनः दर्ता गर्नका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) जारी गर्ने जनाएको छ । राष्ट्रिय हरित प्राधिकरण (एनजीटी) को निर्देशनका कारण सरकारको यो कदम चालिएको हो । <br></p><p>यस हप्ताको सुरुमा दिल्ली यातायात विभागले जारी गरेको आदेश अनुसार १५ वर्ष वा सोभन्दा पुराना डिजेल गाडीका लागि एनओसी जारी गरिने छैन । जुलाई २०१६ मा दिल्ली–एनसीआरमा १० वर्षभन्दा पुराना डिजेल गाडी र १५ वर्ष भन्दा पुराना पेट्रोल गाडीहरूको दर्ता र चलाउन प्रतिबन्ध लगाउन निर्देशन जारी गरेको थियो ।</p>

