2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनियाँ दुर्लभ पृथ्वी खनिजहरू प्रयोग गर्नबाट रोक्न अमेरिकी विधेयक

माघ २, काठमाडौँ | रक्षा ठेकेदारहरूलाई  सन् २०२६ सम्ममा चीनबाट प्राप्त दुर्लभ पृथ्वी खनिजहरूको प्रयोग अन्त्य गर्न बाध्य पार्ने उद्देश्यले शुक्रबार अमेरिकी सिनेटमा नयाँ ‘दुर्लभ-पृथ्वी विधेयक’ पेश गरिएको छ।

अमेरिकी कदमप्रति प्रतिक्रिया दिँदै चिनियाँ विज्ञहरूले चीनको वृद्धिलाई रोक्ने प्रयासको पृष्ठभूमिमा यो अमेरिकाको अर्को राजनीतिक चाल हो यद्यपि यसले चीनको दुर्लभ-पृथ्वी क्षेत्रको विकासमा बाधा नपर्ने बताएको ग्लोबल टाइम्सले जनाएको छ।

बेइजिङस्थित एन्बाउन्ड कन्सल्टिङका वरिष्ठ विश्लेषक लिउ एन्कियाओले ग्लोबल टाइम्सलाई भने, आफ्नै दुर्लभ-पृथ्वी आपूर्ति शृङ्खला स्थापना गर्ने लक्ष्यका साथ वाशिंगटनको चालहरूको शृङ्खलालाई हेर्दा यो आश्चर्यजनक कदम होइन।

यस कदमको पछाडिको व्यापक सन्दर्भ अमेरिका-चीन बिग्रँदै गएको सम्बन्ध हो।

यसबाहेक हतियार सहित उच्च प्रविधि उत्पादनहरूको लागि महत्त्वपूर्ण कच्चा पदार्थका निम्ति अमेरिका चीनको दुर्लभ पृथ्वी खनिजको आपूर्तिमा धेरै निर्भर गर्दछ ।  चीनसँग ४४ मिलियन टन दुर्लभ पृथ्वी खनिजको भण्डार छ जुन विश्वव्यापी भण्डारको ३६.७ प्रतिशत हो। ग्लोबल टाइम्सका अनुसार सन् २०२० मा चीनले  १४०,००० टन दुर्लभ पृथ्वी खनिज उत्पादन गरेको जनाइएको छ र यो मात्रा विश्वव्यापी उत्पादनको लगभग ६० प्रतिशत हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु