पढ्न करिब 1 मिनेट लाग्छ

माघ ३, काठमाडौँ | चीनको जन्मदर गतवर्ष न्यूनमा झरेको आधिकारिक तथ्याङ्कले सोमबार देखाएको छ । विश्लेषकहरूले अपेक्षा गरेभन्दा बढी बुढ्यौलीको कारण आर्थिक वृद्धिको चिन्तालाई गहिरो बनाउन सक्ने चेतावनी दिएका छन् ।

बेइजिङले जनसंख्याको बढ्दो संकटको सामना गरिरहेको छ किनभने यसले द्रुत रूपमा वृद्ध कार्यबल, सुस्त अर्थतन्त्र र दशकहरूमा देशको सबैभन्दा कमजोर जनसंख्या वृद्धिको सामना गरिरहेको छ । राष्ट्रिय तथ्याङ्क विभागको तथ्याङ्कअनुसार सन् २०२० मा १००० व्यक्तिमा ८.५२ दर रहेकोमा सन् २०२१ मा ७.५२ मा झरेको सो विभागले जनाएको छ ।

सो विभागकाअनुसार सन् १९४९ मा कम्युनिष्ट चीनको स्थापना हुँदाको रेकर्ड सुरु भएयता यो तथ्याङ्क सबैभन्दा कम हो ।सन् २०२१ मा, देशले एक करोड ६ लाख २० हजार जन्मदर्ता गरेको छ । आधिकारिक तथ्याङ्कअनुसार, यसैसँगै देशको जनसंख्या १ अर्ब ४१ करोड पुगेको छ ।

जनसांख्यिकीय चुनौती राम्ररी थाहा छ तर जनसंख्या बुढ्यौलीको गति अपेक्षा भन्दा छिटो छ,“ पिनपोइन्ट एसेट म्यानेजमेन्टका प्रमुख अर्थशास्त्री झिवेई झाङले बताउनु भएको छ । “यसले चीनको सम्भावित बृद्धि अपेक्षा गरेभन्दा छिटो नहुने संकेत पनि गर्छ,“ उहाँले भन्नु भएको छ ।

एक दशकमाा एक पटक गरिने गतवर्षको जनगणनाको नतिजाअुसार चीनको जनसंख्या सन् २०६० पछि सबैभन्दा कम दरमा बढेको छ ।