भदौ २८, लसएन्जलस । अमेरिकामा आगामी नोभेम्बर महिनामा हुन गैरहेको राष्ट्रपतीय निर्वाचनकी उम्मेदवार हिलारी क्लिन्टनक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, लसएन्जलस । अमेरिकामा आगामी नोभेम्बर महिनामा हुन गैरहेको राष्ट्रपतीय निर्वाचनकी उम्मेदवार हिलारी क्लिन्टनक"/>
२०८३, ११ बैशाख शुक्रबार
काठमाडौँ - KTM

हिलारी क्लिन्टनको क्यालिफोर्निया भ्रमण रद्द

२०७३, २८ भाद्र मंगलवार ०७:४३

भदौ २८, लसएन्जलस । अमेरिकामा आगामी नोभेम्बर महिनामा हुन गैरहेको राष्ट्रपतीय निर्वाचनकी उम्मेदवार हिलारी क्लिन्टनको क्यालिफोर्निया भ्रमण रद्द भएको छ । 

वर्तमानमा, उहाँ अमेरिकी डेमोक्र्याटिक पार्टीको तर्फबाट प्रायः विजयको नजिक पुग्न लाग्नु भएकी एक सशक्त महिला उम्मेदवारको रुपमा अमेरिकाभरी चर्र्चित हुनुहुन्छ । 

यसै वर्ष आयोजना हुने पार्टीको राष्ट्रिय समितिको सम्मेलनका लागि ठाउँ ठाउँबाट खर्च जुटाउने शृखलावद्ध कोष सङ्कलन कार्यक्रम र चुनावी प्रचारप्रसार अभियानको सिलसिलामा क्लिन्टनको क्यालिफोर्निया जाने योजना रहेको थियो । 

गतः आइतबारदेखि उहाँलाई लामो खोकी, घाँटी दुख्ने समस्या र आलर्जिले गर्दा निमोनियाले ग्रस्त बनाएको कारण अन्तिम क्षणमा भ्रमण रद्द भएको सो अभियानका क्षेत्रिय निर्देशक मिर्यम लिप्परले जानकारी दिएका हुन् । 

यद्यपी, यसबाट मङगलवार बिभर्लि हिल्समा आयोजना हुने कोष संकलनका दुईवटा कार्यक्रम नरोकिने र क्लिन्टनको अनुपस्थितिमै भए पनि कार्यक्रम सम्पन्न गरिने बताइएको छ । 

गतः २००१ सेप्टेम्बर ११ मा न्युयोर्कको ट्वीन टावरमा भएको आतङ्ककारी आक्रमणको स्मरण गर्न गतः आइतवार आयोजित पन्ध्रौं बार्षिक श्रद्धान्जली सभामा ६८ वर्षिया क्लिन्टनले ९० मिनेट लामो वक्तव्य दिनु भएको र सन्चो नभएको कारण कार्यक्रम सकिनु अगावै बीचैमा छाडी प्रस्थान गर्नु भएको थियो । 

क्यालिफोर्नियामा आयोजना हुने कोष सङ्कलन अभियानमा अमेरिकाकी लोकप्रिय गायिका लायोनेल रिसिले साङ्गितिक कला प्रस्तुत गर्ने र कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई लन्च खुवाउने बन्दोबस्त गरिएको थियो । 

सो कार्यक्रममा प्रवेश गर्न प्रतिव्यक्ति कम्तीमा पाँच हजार अमेरिकी डलर रकमको सहयोग गर्नु पर्ने टिकट दर तोकिएको थियो । 

कार्यक्रमका आयोजकले जनाए अनुसार दश हजार अमेरिकी डलर सहयोग गर्ने व्यक्तिलाई सह(आयोजक (को(होस्ट)को दर्जाले सम्मान गरिने र दर्शकदीर्घा को अग्रपङक्तिमा बस्ने सुबिधा दिइने परिपाटी मिलाइएको थियो । 

त्यस्तै, तेत्तीस हजार चारसय देखि पचास हजार अमेरिकी डलरसम्म सहयोग गर्ने व्यक्तिलाई दर्शकदीर्घा को अग्रपङक्तिमा बस्ने सुबिधा दिनुका साथै क्लिन्टनसँगै बसेर फोटो खिच्ने अवसरसमेत प्रदान गरिने व्यवस्था गरिएको थियो । 

पार्टीको राष्ट्रिय समितिमा प्रतिव्यक्ति वार्षिक अधिकतम तेत्तीस हजार चारसय अमेरिकी डलरसम्म सहयोग गर्न सकिने परम्परा रही आएको छ । रासस/सिन्ह्वा  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ