एमाले बागलुङ्ग क्षेत्र न. ३ मा उमेश बुढा अध्यक्षमा सर्बसम्मत

Posted on: 05 Mar, 2017


कृष्ण कँडेल/फागुन २२, बागलुङ्ग । नेकपा एमाले बागलुङ्ग निर्वाचन क्षेत्र नम्बर–३ को क्षेत्रीय अध्यक्षमा अधिकारीचौरका उमेश बुढा मगर सर्बसम्मन निर्वाचित हुनुभएको छ । 

अध्यक्षको लागि उम्मेद्वारी दर्ता गरेका पुर्ब जिल्ला सचिवालय सदस्य टंकप्रसाद पौडेल, कमल घिमिरे र गोकुल सेरचनको नाम फिर्ता गराई बुढालाई अध्यक्षमा सर्बसम्मत गरार्ईको हो । अधिबेशनले २७ सदस्यीय निर्बाचित, ४ अधिबेशनबाटै मनोनित र बाँकी ८ सदस्य क्षेत्रीय समितिले मनोनित गर्ने गरि ३९ सदस्यीय क्षेत्रीय समिति सर्बसम्मत चयन गरेको हो । 

उपाध्यक्षमा भिमगिठेका दिपक रायमाझि, सचिबमा ग्वालीचौरका बेदप्रसाद शर्मा र उपसचिबमा बोबाङ्गका ढालेन्द्र पुन सर्बसम्मत निर्वाचित हुनुभएको छ ।

सदस्यमा गोविन्दप्रसाद उपाध्याय, हर्कबहादुर सिरपाली, लगबहादुर छन्त्याल, ज्ञानप्रसाद भुषाल, नरबहादुर शाही, बेगबहादुर कुँवर, डोरबहादुर सुनार, तालबहादुर छन्त्याल, घनश्याम चालिसे, दानबहादुर पुन, मानसिंह पाईजा, लालबहादुर केसी, दिनेश शर्मा, झबिन्द्र थापा कुमाल, कबिराज सुनार, शुशिला थापा, रोजमहमद मियाँ, विष्णु सापकोटा, रुपाकुमारी पौडेल, उषा घिमिरे, अनिता घर्ती र भिमबहादुर सुनार रहनुभएका छ । 

खुमनसिंह थापा, रमनबहादुर विक, याम श्रीस र दबबहादुर बिक अधिबेशनबाटै मनोनित गरिएको एमालेले जनाएको छ ।  

शनिबार उद्घटन गरिएको एमालेको दोस्रो क्षेत्रीय अधिबेशनमा ११६ जना प्रतिनिधि सहभागी बन्दशत्रले सर्बसम्मत नयाँ नेतृत्व चयन गरेको हो । अधिबेशनमा निर्वाचन क्षेत्र नम्बर ३ को २० गाविसका प्रतिनिधि सहभागी थिए । 

   


यस बिषयमा तपाइको प्रतिक्रिया...!