२३ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

संघिय सरकारले दिने बजेटमा विभेद गरियो- मेयर सिंह

६ बैशाख २०८१, बिहीबार ०८:१९

वैशाख ६ बीरगन्ज । बीरगन्ज महानगरपालिका का प्रमुख राजेशमान सिंहले संघिय सरकारले दिने बजेटमा विभेद गरिएको आरोप लगाएका छन् ।

सार्वजनिक लेखा समितिको संसदीय टोली समक्ष प्रमुख सिंहले बीरगन्ज महानगरपालिका ले भरतपुर महानगरपालिका भन्दा पनि धेरै कम बजेट आईरहेकोले अगामी बजेटमा न्यायोचित बजेट विनियोजन गरिदिन आग्रह गर्नु भएको छ ।


उनले भरतपुर महानगरमा ३९० करोड र बीरगन्ज महानगरपालिकाले मात्र ११५ करोड बजेट पाउनु दुखद रहेकोले सार्वजनिक लेखा समितिको ध्यानाकर्षण गराएका छन् । संघिय सासंद रामकृष्ण यादवले बीरगन्ज माथि भैरहेको विभेद प्रति सार्वजनिक लेखा समितिले संसद् छलफल गर्ने तथा सरकार लाई लिखित निर्देशन दिने बताए ।

प्रतिनिधि सभा सार्वजनिक लेखा समिति संघिय सासंद रामकृष्ण यादवको संयोजकत्वमा स्थलगत अनुगमन गर्न बीरगन्ज आएको संसदीय टोली ले स्थानिय तह सित अन्तरक्रिया गरेको थियो ।

अन्तरक्रियामा प्रतिनिधि सभा सदस्यहरु रामकृष्ण यादव, अमरेश कुमार सिंह, प्रदीप यादव, देव प्रकाश तिमिल्सिना,  प्रभु हजरा,  बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह,  प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल,  प्रहरी उपरिक्षक कुमोध ढुङ्गेल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा