७ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

नेपालमा पार्किन्सन रोगका कारण वार्षिक ७०० जनाको मृत्यु हुन्छ

१२ बैशाख २०८१, बुधबार ०९:१३

पार्किन्सन रोगबारे जनचेतना जगाउन नेपालसहित विश्वभर अफ्रिल ११ लाई विश्व पार्किन्सन दिवसका रुपमा मनाईने गरिन्छ । उक्त दिवसमा रोगबारे सचेत गराउनका साथै रोगबाट पीडित विरामीलाई साहस प्रदान गरिन्छ । यस्तै, अफ्रिल महिनाभरलाई पार्किन्सन महिनाका रुपमा समेत मनाउँदै आइएको छ । 

दिमागको भित्रि भागमा डोपामिन भन्ने तत्व उत्पादन हुन्छ । डोपामिन तत्वले हाम्रो शरिरको सक्रिय बनाउन सहयोग गरेको हुन्छ । जसका कारण हाम्रो शरिर फुर्तिलो र चलायमान हुन्छ । जब डोपामिन तत्व निस्कृय हुँदै जान्छ तव पार्किन्सन रोग देखिन थाल्दछ । उक्त रोग ६० वर्षभन्दा बढी उमेर समूहका व्यक्तिलाई बढी मात्रामा देखिने गरेको पाईन्छ । 

पार्किन्सन रोगका लक्षणहरु 

पार्किन्सन रोग लागेका व्यक्तिलाई भिन्नभिन्दै लक्षणहरु देखिने गरेको पाईन्छ । जसमा मांसपेशीलाई असर गर्ने लक्षण र मांसपेशीबाहेक अन्य अंगहरुलाई असर गर्ने लक्षणहरु हुन्छन् । मांसपेशीलाई असर गर्ने लक्षणहरुमा  कम्पन, कडापन सुस्तपना, र हिँडाईमा समस्या आदी रहेका छन् । हिँडडुल गर्दा वा त्यसै बस्दा पनि कुनै व्यक्तिको हात र औंलाहरु काम्न सुरु हुन्छ । शरीर वा हात काप्नु पार्किन्सन रोगको एक लक्षण हो । आरामको स्थितिमा विरामीको हातमा हुनेवाला कम्पनलाई हामीले यसको मुख्य लक्षणको रुपमा लिन सक्छौं ।

यो रोग लागेपछि हिँडडुल गर्ने र काम गर्ने क्षमतामा कमी आउँछ । जसका कारण एक सहज कार्यमा समेत कठिनाई उत्पन्न हुन सक्छ र समय अधिक लाग्न सक्छ । हिँडडुल गर्दा धेरै समय लाग्न सक्छ । शरीरको कुनै पनि हिस्सा वा मांसपेशीमा दुखाइ हुन सक्छ । कठोर मांशपेशीको गतिलाई सीमित गराउनमा उद्धत हुन सक्छन् । माथि उल्लेखित कुनैपनि दुई लक्षण भए पार्किन्सन भएको मान्न सकिन्छ । 

यस्तै, मांसपेशी बाहेक अन्य अंगहरुलाई असर गर्ने लक्षणहरु समेत पार्किन्सनका लक्षणहरु हुन सक्छन् । जसमा निन्द्रामा समस्या, निद्रामा बोल्ने, बास्नामा कमी हुने, हातखुटा बाउँडिने, पिसाव तारन्तार लाग्ने, मनमा खिन्नता आउने, डिप्रेसन ५० प्रतिशतलाई देखिने, नभएको कुराहरु देख्ने वा कतिपय कुरा विर्सने आदी हुन् । 

नेपालमा हाल अनुमानित ४ हजारदेखि ५ हजार मान्छे पार्किन्सनका विरामी रहेका पाईन्छ । सन् २०२० को आँकडाअनुसार नेपालमा प्रतिवर्ष उक्त रोगका कारण ७०० जनाको मृत्यु भएको पाइन्छ । 

उपचार विधि 

दिमागको भित्रि भागमा रहेको डोपामिन तत्व कमी हुँदा पार्किन्सन रोग लाग्ने भएकाले यसको उपचारका लागि रोग पहिचान गरेर डोपामिन दिन सकेमा केही मात्रामा विरामीलाई आराम हुने र निको हुने हुन्छ । 

यो रोग औषधी सेवनका कारण पुरा निको हुने रोग होइन । उक्त रोग लाग्न नदिन नै विशेष ख्याल गर्नुपर्छ । यदी रोग लागिहाल्यो भने गुणस्तरीय जीवन जीउन लाग्नुपर्छ । उमेर बढ्दै गएपछि रोगको लक्षणपनि बढ्दै जाने भएकाले परिवारको हेरचाह आवश्यक रहेको छ । परिवारसँगै समाजको समेत सहयोग आवश्यक देखिन्छ । 

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पार्किन्सन रोगका नयाँ विरामी प्रत्येक वर्ष २०० को हाराहारीमा आउने गरेका छन् । यस्तै पुराना विरामी ७०० को हाराहारीमा रहेका छन् । नेपाल सरकारले डाक्टरको सिफारिसअनुसार पार्किन्सनका विरामीलाई उपचारका लागि रु १ लाख दिने व्यवस्था गरेको छ ।


डा राजु पौडेल 

वरिष्ठ न्यूरोलोजिष्ट 

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासी


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यू-१९ एसिया कप : बंगलादेशलाई ४१ रनले हराउँदै भारतले जित्यो उपाधि एनपीएलमा सबैभन्दा बढी रनको बनाउने ब्याटर बने जनकपुरका मिलन्था ! सुदूरपश्चिमलाई ५ विकेटले हराउदै जनकपुरले जित्यो एनपीएलको उपाधि जनकपुरलाई चौथो झट्का, निसम आउट सुदूरपश्चिमविरुद्ध जनकपुरले तेस्रो विकेट गुमायो, मिलन्था ८७ रन बनाएर आउट चालु आर्थिक वर्षको ५ महिनामा नेपालबाट भारततर्फ १३ अर्बको विद्युत् निर्यात जनकपुरका लागि मिलन्थाले खेले अर्धशतक पारी सुदूरपश्चिमविरुद्ध जनकपुरले पहिलो विकेट गुमायो बारामा कारभित्र एक जना पुरुष मृत अवस्थामा फेला एनपीएलको फाइनल हेर्न माओवादी अध्यक्ष प्रचण्ड कीर्तिपुरमा एनपीएलको फाइनलमा सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य निरोगी नेपाल बनाउन ध्यान र योग नियमित गर्नुपर्छ : प्रधानमन्त्री ओली जनकपुरका निशमले लिए सुदूरपश्चिमको चौथो विकेट सुदूरपश्चिम रोयल्सलाई लगातार दोस्रो झट्का, भण्डारी आउट सुदूरपश्चिम रोयल्सलाई पहिलो झट्का, जेब ६९ रन बनाएर आउट जनकपुरविरुद्ध सुदूरपश्चिमका लागि जेबले बनाए अर्धशतक चन्द्रागिरी–चित्लाङ सडक अवलोकनमा मन्त्री सिंह, छिटो काम सक्न दिए निर्देशन पावलरप्लेको अन्त्यमा सुदूरपश्चिमले जनकपुरविरुद्ध ४८ रन बनायो चालु आर्थिक वर्षको पाँच महिनामा १२ वटा गैँडा मृतावस्थामा भेटिए एनपीएलको फाइनलमा टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम