एमाले अछामको तर्फबाट मेयर र उपमेयरका उम्मेद्धारको सिफारिस प्रदेश कमिटीमा

Posted on: 22 Apr, 2017

कमल रावल | बैशाख ९, अछाम | नेकपा एमाले जिल्ला कमिटी अछामले एमालेको तर्फबाट मेयर र उपमेयरमा उम्मेद्धारि दिने उम्मेद्धारको सिफारिस प्रदेश कमिटीमा सिफारिस गरेको छ । 

अछामका ४ वटा नगरपालिका र ६ गाँउपालिकाबाट प्रतिनिधीत्व गर्ने मेयर र उपमेयर अन्र्तगत रामारोशन गाँउपालिकाबाट २ वटै पदमा एक एक जना मात्र निर्विरोध चयन भएका छन । रामारोशन गाउपालिकामा मेयरका लागि चक्र बहादुर रावल र उप मेयरमा विन्द्रा साउदको नाम सिफारिसका लागि निर्विरोध प्रदेश कमिटीमा चयन भएको हो । यता जिल्ला सदरमुकाम मंगलसेनमा रहेको मँगलसेनमा नगरपालिकामा मेयरमा पदम बोहराको नाम निर्विरोध चयन भएको छ भने उपमेयरका लागि ३ जना महिलाको सिफारिस गरिएको छ । जसमा सरिता उपाध्याय, सरला रावल र भावना विकको नाम रहेको छ । 

उता चौरपाँटी गाँउपालिकाबाट उपमेयरका लागि सुशिला बोगटीको नाम निर्विरोध भएपनि मेयरका लागि ३ जनाको नाम सिफारिस भएको छ । मेयरका लागि राम बहादुर आउजी, खडक खड्का र हर्क साँउद रहेका एमाले प्रचार प्रसार विभाग प्रमुख भिम जनालाले बताउनु  भयो । कमलबजार नगरपालिकाबाट उपमेयरमा मना अधिकारी निर्विरोध भएपनि मेयरका लागि ३ जना बल बहादुर कुवर, दिपक अधिकारी र शारदा बिष्टको उम्मेद्धारि रहेको छ । 

उता जिल्लाको तुर्माखाद गाउपालिका बाट मेयरका लागि पदम बुढाको नाम सर्वसमत भएपनि उपमेयरका लागि ३ जना दाबेदार रहेका छन । जसमा गोमती शाही, निर्मला न्यौपाने र बिमला शाही रहेका छन । 

उता जिल्लाको सबै भन्दा ठुलो नगरपालिका साफेबगरबाट मेयरका लागि गोबिन्द कुवर, शिलोज कुवर र पशुपती कुवर तथा उपमेयरका लागि अमृता खड्का, विर्मला बुड्थापा र दुधकला बिष्टको उम्मेद्धारि रहेको छ । पञ्चदेवल विनायक नगरपालिकाबाट मेयरका लागि नन्द कडायत, योगेन्द्र बिष्ट र दुर्गा विक तथा उपमेयरमा लक्ष्मी बोगटी र राधिका सञ्ज्यालको उम्मेद्धारी रहेको छ । मेल्लेख गाउपालिकाबाट मेयरका लागि हिरण्ड भट्राई, हेमराज शाह, उपमेयरमा कृष्णा खड्का, पार्वती बोहरा, सँगिता महरा रहेका छन । जयगढ बान्नीगढी गाउपालिकामा मेयरका लागि कमल तिमिल्सैना, मान बहादुर साउद छन भने उपमेयरका लागि निर्मला रावल र रतन तामागको उम्मेद्धार सिफारिस गरिएको छ । ढकारी गाउपालिकाबाट बाट मेयरका लागि शेर बहादुर बुढा, नवराज साउद, धर्म शाही तथा उपमेयरका लागि देउकला खत्रि, जानकी साउद र विर्मला थापाको उम्मेद्धारि रहेको छ । यस अघि नेकपा एमाले जिल्ला कमिटी अछामले ९१ वडाका वडा अध्यक्ष २ जना खुल्ला सदस्य, महिला सदस्य, दलित महिला सदस्यको टुगो लगाईसकेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!