मंगलसेन र पञ्चदेवल विनायक नगरका जनप्रतिनिधीले सपथ खाए

Posted on: 05 Jul, 2017


कमल रावल/असार २१, अछाम । मगलसेन र पञ्चदेवल विनायक नगरपालिकाबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिले सपथ ग्रहण तथा प्रमाणपत्र ग्रहण गरेका छन । 

मंगलसेनमा निर्वाचित मेयर पदम बहादुर बोहरा, उपमेयर सरिता उपाध्याय, १४ वटै वडाका वडा अध्यक्ष, सदस्य र पञ्चदेवल विनायक नगरपालिकामा निर्वाचित मेयर देवराज देवकोटा, उपमेयर अम्बीका चलाउने, अध्यक्ष, सबै सदस्यले सपथ खाएका हुन । 

सपथ लिदै सबै निर्वाचित जनप्रतिनिधीले हाम्रो नगर राम्रो नगर बनाउनका लागि कुनै कसर बाकी नराख्ने प्रतिबद्धता जनाएका थिए । असार १४ अघि राजनितिकदलबाट प्रतिस्पर्धा गरि निर्वाचित भएर आएपनी अबका दिनमा जनताले चुनेका ब्यक्ति भएकाले जनताका आधारभुत आवश्यकतामा एक साथ आवाज उठाएर अघि बढ्ने बताए ।


मंगलसेनमा अछामका मुख्य निर्वाचन अधिकृत हरि प्रसाद उपाध्याय, पगेनिले मेयर, उपमेयर, वडा अध्यक्षलाई सपथ खुवाउनु भएको थियो भने मेयर पदम बहादुर बोहराले सबै निर्वाचित सदस्यलाई  सपथ खुवाउनु भएको थियो ।

विनायकमा नगरपालीकाका निर्वाचन अधिकृत हिरण्ड प्रसाद भण्डारीले नगरपालीकाका मेयर देवराज देवकोटा, र उपमेयर अम्बिका चलाउने लगायत वडा अध्यक्ष, सदस्यलाई पद तथा गोपनियताको सपथ खुवाउनु  भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!