इलाका प्रहरी कार्यालय बुर्तिबाङमा नयाँ प्रहरी प्रमुख

Posted on: 08 Jan, 2017

कृष्ण कँडेल |  पुस २४, बाग्लुङ | ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा भर्खरै आउनुभएका प्रहरी प्रमुख र स्थानिय सरोकारवाला विच आज बुर्तिबाङ परिचयात्मक कार्यक्रम भएको छ । 

प्रहरी कार्यालयमा शुक्रबार आउनुभएका प्रहरी निरीक्षक कृष्ण राना मगर र स्थानिय राजनितिक दल, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, व्यवसायी तथा सञ्चारकर्मी विच कार्यक्रम भएको हो । 

कार्यक्रममा बौल्दै नवआगत प्रहरी प्रमुख, प्रहरी निरीक्षक कृष्ण राना मगरले कानुन र विधिको अधिनमा रहेर शान्ति सुरक्षा कायम गर्ने बताउनुभयो । 

उहाँले आपराधिक घटनामा क्षमा दिन नसकिने भन्दै त्यस्ता घटनमा राजनितिक दबाब स्किार्य नहुने बताउनुभयो । रानाले सबैभन्दा पहिला सुरक्षाको विषयमा ईलाका प्रहरी कार्यालय बुर्तिबाङको कार्यक्षेत्रमा भएका बास्तविक समस्याको पहिचान गरि कार्ययोजना बनाएर काम अघि बढाउने बताउनुभयो । 

घटनामा न्यायसंगत रुपमा बैज्ञानिक अनुसन्धान गरिने भन्दै रानाले सरोकारवालाई बिश्वस्त बनाउने प्रयास गर्नुभयो । उहाँले परदर्शी रुपमा कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।   

कार्यक्रममा बोल्ने बक्ताहरुले कसैलाई काखा पाखा नगरी कार्यसम्पादन गर्न आग्रह गरेका छन् । उनिहरुले जनप्रतिनिधि नभएको अवस्थामा अलि बढि समस्या प्रहरी कार्यालयमा आउने भन्दै तथ्य संगत रुपमा घटनाको अनुसन्धान गरि कारवाहि प्रक्रिय अघि बढाउन आग्रह गरे । स्थानिय रुपमा मिलाउन सकिने घटनालाई जिल्लामा नपठाउन पनि आग्रह गरिएको थियो । 

कार्यक्रम ईलाका प्रहरी कार्यालय बुर्तिबाङका नवआगत प्रमुख प्रहरी निरीक्षक कृष्ण राना मगरको अध्यक्षता र प्रहरी नायब निरीक्षक नारायणप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!