जनसेवा युवा क्लव अधिकारीचौरको २३ औँ बार्षिकोत्सव सुरु

Posted on: 09 Jan, 2017

कृष्ण कँडेल | पुस २५, बागलुङ | जनसेवा युवा क्लव अधिकारीचौर–९ प्याङखोलाको २३ औँ बार्षिकोत्सव तथा मकर सक्रान्ति मेला आजदेखि अधिकारीचौरमा सुरु भएको छ । 

कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले बागलुङका अध्यक्ष ईन्द्रलाल सापकोटाले बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ को बिकटतालाई पुष्पलाल मध्यपहाडी लोकमार्ग र सालझण्डी ढोरपाटन सडकले क्रमश सुगमता तर्फ लगेको बताउनुभयो । उहाँले अब स्थानिय उत्पादनको सम्भावना पहिचान गरि आर्थिक समृद्धिको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सापकोटाले नयाँ संबिधान अनुसार आउने बर्षको माघ सम्म जुनसुकै अबस्थामा पनि तिनओटै निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष सापकोटाले संविधानले महिला, दलित र जनजातीका लागि गरेको आरक्षणको व्यबस्थाले पछि परेको समुदायलाई नेतृत्वमा पुग्न सहज भएको बताउनुभयो । 

नेकपा एमालेका निवर्तमान जिल्ला सचिवालय सदस्य टंक पौडेलले संविधानको कार्यान्वयका लागि निर्वाचनमा जानुको विकल्प नरहेकोमा जोड दिनुभयो । 

कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष बेगबहादुर पुन, ग्रामिण बिकास मञ्च अधिकारीचौरका अध्यक्ष उमेश बुढा र नेकपा एमाले अधिकारीचौरका सचिव प्रेमबहादुर घर्तीले मन्तव्य राख्नुभएको थियो । 

क्लवले बार्षिकोत्सवको अबसरमा पुरुश तथा महिला भलिबल प्रतियोगिता, धनुषबाँण प्रतियोगिता लगायतका खेलकुद तथा संस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा स्थानिय खेलाडी तथा कलाकारले खेलकुद कला र नृत्य प्रश्तुत गरेका थिए । कार्यक्रम क्लबका अध्यक्ष दिपक पुनको अध्यक्षता, सचिब वीरबहादुर पुनको स्वागत मन्तव्य र सदस्य चेतनारायण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!