बुर्तिबाङमा निशुल्क स्थायि बन्ध्याकरण शिविर आजदेखि सुरु

Posted on: 08 Feb, 2017

कृष्ण कँडेल | माघ २६, बागलुङ | जिल्ला जनस्वास्थ्य कार्यालय बाग्लुङको आयोजना र मेरि स्टोप सेन्टर नेपालको सहयोगमा दुईदिने निशुल्क स्थायि परिवार नियोजन शिविर आज देखि बुर्तिबाङमा सुरु भएको छ । 

शिविरमा सन्तानको रहर पुगेका पुरुशका लागि भ्यासेक्टोमि र महिलाका लागि मिनिल्याप सेवा प्रदान गरिने जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत सृष्टि उचैले जानकारी दिनुभयो । 

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा सञ्चालन गरिएको शिविरको पहिलो दिन आज १६ जनाको स्थायि बन्ध्याकरण गरिएको छ । पहिलो दिन १२ जना पुरुशको भ्यासेक्टोमी र ४ जना महिलाको मिनिल्याप स्थायि बन्ध्याकरण भएको जनस्वास्थ्य अधिकृत उचैले बताउनुभयो । शिविरमा आज रणसिंहकिटेनी, अधिकारीचौर, बुर्तिबाङ, बोबाङ देविस्थान र दर्लिङका नागरिकले सेवा लिएका छन् । 

शिविरमा मेरिस्टोप सेन्टरका डाक्टर विजय मानन्धर नेतृत्वको ४ जना स्वास्थ्यकर्मीको टोली र जिल्ला जनस्वाथ्य कार्यालयका जनस्वास्थ्य अधिकृत सृष्टि उचै तथा पब्लिक हेल्थनर्स हरिकासि पालिखे सहित ६ जना स्वास्थ्यकर्मीले सेवा दिएका थिए । 

शिविर भोली पनि सञ्चालन हुँनेछ । भोली विहान ९ बजेदेखि नै सेवा सुरु गरिने आयोजकले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!