खुङ्गामा चेतनामुलक कार्यक्रम

Posted on: 09 Feb, 2017

कृष्ण कँडेल | माघ २७, बागलुङ | गाविस कार्यालय खुङ्गा र प्रहरीचौकी बोङ्गादोभानको संयुक्त आयोजनामा सामाजिक विकृति विसंगति विरुद्धको सचेतनामुलक कार्यक्रम बुधबार खुङ्गा गाविसमा भएको छ । 

कार्यक्रममा गाविसको वडा नम्बर–१ देखि ५ सम्मका स्थानियवासी, राजनितिकदलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागीता रहेको थियो । 

सो अवसरमा समाजमा रहेका विभिन्न प्रकारका विकृति विसंगति, यो विषयमा रहेको कानुनी व्यवस्था, कारवाहिको व्यवस्था लगायतको बारेमा सहजिकरण भएको थियो । वालविवाह तथा बहुविवाह र यसबाट आउने समस्या, सुर्तिजन्य तथा मदिराजन्य पदार्थ उत्पादन र सेवन एवं यसले ल्याउने समस्या, छुवाछुत प्रथा, लैङ्कि विभेद लगायतका बारेमा प्रहरी चौकी बोङ्गादोभानका प्रमुख प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद मिश्रले सहजिकरण गर्नुभएको थियो । 

स्थानिय रुपमा आईरहने समस्याको अध्ययनको आधारमा विसंगती न्युनिकरण गर्ने उदेश्यले कार्यक्रम गरिएको मिश्रले जानकारी दिनुभयो । 

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य सुर्य सिरपाली, नेकपा एमालेका हर्क सिरपाली, छोरेगाउँ माविका प्रअ तारामणि कँडेल, विद्यार्थी आसमिन घर्ती लगायतले मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रम बडा नम्बर–४ का संयोजक धनिश्वर गैरेको अध्यक्षता र समाजिक परिचालक मनोज विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!