बस दुर्घटना हुँदा १४ जना घाइते, चारको अवस्था गम्भिर

Posted on: 17 Apr, 2017

कृष्ण कँडेल | बैशाख ४, बागलुङ | बागलुङको काठेखोला गाउँपालिका ५ जुगेपानीमा आज विहान बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । 

काठमाण्डौबाट बुर्तिबाङ तर्फ जाँदै गरेको ना ६ ख ३०६० नम्बरको रात्री बस साविकको बिहु ९ जुगेपानीमा दुर्घटना भएको हो । 

दुर्घटनामा परि घाइते भएका १४ जना मध्ये चार जनाको अवस्था गम्भिर रहेको छ ।  दुर्घटनामा गम्भिर घाइते भएका साविकको बुगांदोभान गाविस ६ गोरेखानीका ४८ बर्षिय जितबहादुर खड्का, बुर्तिबाङ १ का ५० बर्षिय तिलदेवी छन्त्याल, बुगांदोभान ३ का ५५ बर्षिया जोमसरा बुढा र बुर्तिबाङ ७ रिठाबोटका ४३ बर्षिय लिला बिसीलाई उपचारका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ ल्याइएको छ । घाइतेहरुको मुख, ढाड लगायतका अगंमा गहिरो चो देखिएको छ । 

चालक निदाएका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी अनिल खड्काले जानकारी दिनुभयो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!