मालेका केन्द्रीय सदस्यसहित एमाले कार्यकर्ता काँग्रेसमा प्रवेश

Posted on: 06 Feb, 2017


सम्राट सिंह/माघ २४, बझाङ । नेकपा मालेका केन्द्रिय सदस्य सहित एमालेका ८ जना कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश भएका छन् । 

सोमवार नेपाली काग्रेसले सदरमुकाम चैनपुरमा एक कार्यक्रमको आयोजना गरी नव प्रवेसीहरुलाई टिका र दोसल्ला ओढाई पार्टीमा प्रवेश गराएको हो । नेपाली काँग्रेसका जिल्ला सभापति हर्कजंग बहादुर सिंहले नव प्रवेसीहरुलाई दोसल्ला ओढाई पार्टी प्रवेश गराएको नेपाली काँग्रेसका नगर सभापति हिरेन्द्र छत्यालले बताए । उनले नेकपा मालेका केन्द्रिय सदस्य धर्मराज राज रसाईली,नेकपा एमालेका सुनिल रसाईली,दिवस चन्द्र रसाईली,धिर बहादुर शाही,राजेन्द्र वि.क,पवित्र रसाईली,गोरख धामी नेपाली काँग्रेसमा प्रवेश भएको जानकारी दिए । 

प्रवेश कार्यक्रममा नव प्रवेसी कार्यकर्ताहरुलाई स्वागत गर्दै नेपाली काग्रेशका जिल्ला सभापति हर्कजंग बहादुर सिंहले यतिखेर अन्य पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गर्नेको लहर चलेको बताँए । उनले जिल्लामा विभिन्न पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गर्नेक्रम बढ्दो देखिएकाले आगामी निर्वाचनमा काँग्रेस नै विजय हुने दावी गरे । 

कार्यक्रममा नेपाली काँग्रेसका पुर्व सभापति पृथ्वी बहादुर सिंह, कोषाध्यक्ष राजेन्द्र बहादुर खढ्का ,तरुल दलका जिल्ला अध्यक्ष विष्णु ऐडी लगाएत नेपाली काँग्रेसका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 

 फोटो: सदरमुकाम चैनपुरमा आयोजित कार्यक्रमा नेपाली काँग्रेस प्रवेश गर्दे कार्यकर्ता । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!