सिमाङ्कनले पोल्दै गएको आत्मा र बढ्दै गएको दाउपेँच

Posted on: 18 Nov, 2016

राजु विक

देशको आमूल परिवर्तनका लागि माओवादीले दश वर्षे जनयुद्ध ग¥यो । दश वर्षे जनयुद्धमा धेरै ठुलो रक्तपात भयो । धनजनको क्षति भयो । त्यो घाउ अझै पनि वेपत्ता, घाइते र सहिद परिवारका नाममा  जस्ताको तस्तै छ ।
दश वर्षे जनयुद्ध निष्कर्षमा पुग्नुको बदला सेफ लेन्डिङमा पुग्यो । जनयुद्धको समय राष्टूमा महासङ्कट लाग्यो । महासङ्कटमा धेरै तस्करहरुले चलखेल गरे । राजा विरेन्द्रको वंशज नाश भयो । शान्तिका अग्रदूत बुद्धको मुलुकमा हिंसाको ताण्डवी नाच मच्चियो । स्वयम्भूका न्यायका आँखाबाट रगत बग्न थाल्यो । राजाले समेत सुरक्षा, गुहार र निसाफ नपाउने मुलुकका रुपमा मुलुकलाई संसारले चिन्न थाल्यो ।
२४० वर्षे राजसंस्थाको दाहसंस्कार गर्नका लागि राजा ज्ञानेन्द्रको उदय भयो । श्री ५ लाई पूर्वराजाले विस्थापित ग¥यो । प्रकृतिको पञ्च तत्व जस्ताको तस्तै रहे तर नेपालीहरुका आस्थाका धरोहर राजा रहेनन् । विष्णुका अवतार राजा रहेनन् । बालक छदा मुखमुखमा झुन्डिएको नारा “हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ ।” मनभित्रै कताकता भासियो । राजा ज्ञानेन्द्रको सैनिक कु बढ्दै गयो । जनता आजित भए । उनीहरु ज्ञानेन्द्रसँग मात्र नभएर राजसंस्थासँगै रुष्ट भए । यसै कारण १९ दिने जनआन्दोलन भयो । सडकमा “माओवादी आऊ देश बँचाऊ ।” भन्ने नारा सुनिन थाले । माओवादीले गाउँबाट जनता खेदेर आन्दोलनमा होम्यो । सबै पार्टी ढाल भएर उभिए । संयुक्त जनआन्दोलन सफल भयो । देश र जनताको अगाडि राजा ज्ञानेन्द्रले आत्मसमर्पण गरे । राजा र राजसंस्थालाई इतिहासबाटै मेट्न थालियो ।
१९ दिने जनआन्दोलन आवेग र आक्रोशले भरिएको थियो । संवेदना शून्य थियो त्यो आन्दोलन । कहाँ कसले के ग¥यो ? कहाँ केके भयो ? के राम्रो थियो र के नराम्रो थियो ? देख्ने आँखा मरे । यसैले मुलुकभरिका राजाका शालिकहरु ढालिए । दलहरुमा प्रतिशोधको भावना बढिरहयो । उनीहरुले राजाका शालिकमा आफ्ना सहिदहरुका शालिक उभ्याए ।
ज्ञात अज्ञात सहिद भनेर औपचारिक कार्यक्रममा सम्झिन थालियो । उनीहरुको सम्झनामा मौन धारण हुन थाले । औपचारिक कार्यक्रममा । एक मिनेटलाई एक वर्ष जस्तो गरी । मौनधारण हुन थाल्यो । ज्ञात अज्ञात सहिदहरुको सम्झनामा । मौनधारण हुन थाल्यो । तर पनि अनौपचारिक गतिविधिमा देश र जनताको हविगत सदासर्वदा मौनधारण गरे सरह हुन थाल्यो ।
२०४६ सालको वहुदलीय प्रजातान्त्रिक रुप २०६३÷२०६४ को जनआन्दोलनले वहुदलीय लोकतान्त्रिक अवस्थामा रुपान्तरित भयो । आकाशका तारा जस्तै पार्टीहरुको जन्म भयो । एउटै पार्टीका असंख्य भातृसंगठन देखिन थाले । असंख्य पार्टी, असंख्य भातृसंगठन, असंख्य राजनैतिक वृतचित्र, असंख्य दाउपेँचमा न रहयो देश न त रहे जनता ।
दश वर्षे जनयुद्ध छेडेको, देशमा आमूल परिवर्तन गर्छु भनेको, आधुनिक नेपालको निर्माण गर्छु भनेको माओवादी पार्टी हतियारको राजनीति त्यागेर संसदीय राजनीतिको वृत्तमा आउँदा उसको दश वर्षे जनयुद्धको पूर्णतः विसर्जन भयो । नयाँ संस्कारमा माओवादी नवजात शिशु जस्तै कमजोर बन्न थाल्यो । सेना समायोजनपछि भने ऊ पूर्णतः आफ्नो धारबाट फरक देखियो । सत्ताको दाउपेँच, विचारको दाउपेँच, प्रतिपक्षीको दाउपेँचसँगै माओवादी पार्टी फुटेर आकाशका तारा जस्तै हुन थाल्यो । कुन दिन सरापको कारण स्वर्गबाट खसेकी अप्सरा जुनकीरी भएर पृथ्वीमा भड्किए झैँ हुने हो भन्ने तराइ तराइले माओवादी आन्दोलनमा विश्वास राख्ने शुभचिन्तकहरुको भोक, तिर्खा र निद्रा हरायो ।
धेरै सपना घिचाएर जनतालाई जनयुद्धमा होमेको माओवादी पार्टीले देश र जनताको ऋण तिर्नका खातिर समानुपातिकको मुद्दा, आरक्षणको मुद्दा, धर्मनिरेपक्षताको मुद्दा र संघीयतको मुद्दा गरी मुख्य मुद्दा उठायो । सकभर माओवादी पार्टीलाई नै विसर्जन गरेर छाड्ने दाउपेँचमा लागेका एमाले र नेपाली काँग्रेस आफु नै विसर्जन हुनु पर्ने संकटमा आइपुगे फलतः माओवादी पार्टीसँग १२ वुँदे दिल्ली सम्झौता भयो ।
२०५० मा ५४ बुँदे सम्झौता लिएर आउँदा अपहेलित भएपछि नपताउँदो किसिमले युद्धको धङ्धङीमा फसेको माओवादी पार्टी कतै राष्टिूय जनयुद्धबाट अन्तर्राष्टिूय आतंककारी खेमामा पुग्ने त होइन भन्ने संकटमा फसिदै जान थाल्यो । अमेरिका लगायत कतिपय देशहरुले यो पार्टीलाई आतंककारी घोषणा नै गरे । तत्कालीन राजा ज्ञानेन्द्र र सरकारले माओवादी पार्टीलाई आतंककारी घोषणा गरेरै कारवाहीमा लाग्यो । देश र जनताका रक्षक भक्षक बने । देशमा रगतको गण्डकी बग्यो । त्यो विपतको झरी अझै सुकेको छैन ।
अस्तित्व र दाउपेँचको खेलमा आफ्नै टाउकाको मूल्य तोक्ने पार्टी र व्यक्तिसँग माओवादी आन्दोलनका शिर प्रचण्ड टाउको मिलाउन आइपुगे । कहिले शिशिर र कहिले वसन्तको रुप लिदै देश र जनताका पक्षमा न्याय गर्न खोज्नाका खातिर संघीयता, समानुपातिक र आरक्षणका मुद्दा उठाएको पार्टी माओवादीले नेपाली काँग्रेस र नेकपा एमालेलाई शुद्धिहीन त पा¥यो तर उनीहरुको आत्मघाती प्रहारबाट मुक्त हुन भने कुनै दिन पनि सकेन । उसले उनीहरुलाई आफ्नो धारमा ल्याई पनि छाड्यो । संविधान संशोधनका खातिर गोलमेञ्च सम्मेलनको मुद्दा राजासँग उठाउने पार्टीले देशमा नयाँ संविधान घोषणा गरी छाड्यो तर आत्मघाती दाउपेँचको खेलमा कहिले फुट्ने र कहिले जुट्ने हिंस्रक जीवधारीको जस्तो बानीव्यहोरा भएको तराई आन्दोलनको चित्त यो संविधानले न त बुझाउन सक्यो न त बुझाउन नै सक्छ । यसै असन्तुष्टिका कारण सत्ताच्यूत माओवादी पार्टीलाई पुनः सत्तामा पु¥याएर पुनः सत्ताच्यूत गर्ने त होइन भन्ने अग्निपरीक्षा अहिले खडा भइरहेको छ । यो संकेत अर्को राजनैतिक अध्यायको जन्मको निम्तो हो भन्ने तथ्यलाई कसैले बिर्सिनु हुँदैन ।
संघीयताको नारा लिएको माओवादी पार्टी संघीयताका घुम्ती, चौबाटा र शाखाबाटा छिचोल्न नसक्दा, बुझ्न र बुझाउन नसक्दा कतै आफै विसर्जन हुनु पर्ने त होइन भन्ने धर्मसंकटम परिरहेको छ । कतिपय सेफलेन्डिङ खोज्नेहरु विभिन्न वहानावाजी बनाएर भागी पनि सके तर प्रचण्ड नेतृत्वको माओवादी भने आफै विसर्जनको मुखमा पुग्नै खोज्दा पनि आफ्नो मुद्दामा धर्म छाडेर हिडेन । यसै कारण मुलुकका नेपाली काँग्रेस, नेकपा एमाले लगायतका पार्टीहरुको २३ वर्ष माओवादी विरुद्धको एन्टिडोज बनाउदै वित्यो । कहिले सफल र कहिले असफलको नियति भोग्दै ती खेल र पात्रहरु कतिपय राजनैतिक वृत्तबाटै विलिन भए भने कतिपय अहिले पनि जीर्ण र हीन मनस्थिति र अवस्थामा नै अस्तित्ववान् छन् ।
आफ्नो सरकारको पालामा आफैलाई आतंककारी घोषणा गर्ने, आफ्नै टाउकाको मूल्य तोक्ने शेरबहादुर देउवासँग विविध मोडहरु पार गर्दै राजनैतिक संकटमोचनका लागि प्रचण्ड टाउको गाँस्न आइपुगे । यसले यो कुराको पुष्टि ग¥यो कि राजनीतिमा कोही पनि शत्रु र मित्रु हुँदैन । राजनीतिमा एउटै निर्णय, सोँच र तरिकाले पनि काम गर्दैन । राजनैतिक यात्राको कुनै गन्तव्य र टुङ्गो हुँदैन । राजनैतिक आन्दोलनको कुनै ठेट नतिजा पनि हुँदैन । यसको कुनै शिखर र चुली पनि हुँदैन । यो यात्रा अनवरत र अविच्छिन्न चलिरहन्छ । बगिरहन्छ । यसको धार र गति हिमनदीको झैँ अविरल बगिरहन्छ । कहिले शून्यबाट चरमोत्कर्षमा पुग्दछ भने कहिले चरमोत्कर्षबाट शून्यमा झर्छ । चमच्चाको तौलो जस्तै तलमाथि गरिरहने बानी यसको हुन्छ । विश्वको जुनकुनै राजनैतिक आन्दोलन, वाद, गति र यात्राको नियति यस्तै हुन्छ  । शून्यबाट चरमोत्कर्षमा र चरमोत्कर्षबाट शून्यमा । विश्वयुद्धका नायक हिट्लर र मुसिलिनो, माक्र्सवादका जन्मदाता कार्लमाक्र्स, विचार र सत्यका पक्षधर शुकरातदेखि नेपालका सन्दर्भ पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्रसम्म, जङ्गबहादुरदेखि विश्वेश्वरप्रसाद कोइराला, गणेशमान श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मदन भण्डारी, जीवराज आश्रित, मनमोहन अधिकारीदेखि बाबुराम भट्टराई, पुष्पकमल दाहाल प्रचण्डादि सम्म आइपुग्दा यही अवस्थाको पुष्टि हुन्छ । राजनैतिक यात्रा शून्यबाट चरमोत्कर्ष र चरमोत्कर्षबाट शून्यता तर्फ चलिरहने यात्रा हो । समय र साधनस्रोतको ठिक समयमा ठिक किसिमले सदुपयोग गर्न सकिएन भने यो यात्रा र संघर्षको प्रतिफल पश्चाताप मात्र बाँकी रहन्छ । सम्झना मात्रै बाँकी रहन्छ । जित्नेहरुको इतिहासमा भेलेनको रुपमा मात्र रहन्छन् हरुवा राजनैतिक पात्र र घटनाहरु । समय र साधनस्रोतको उचित समयमा उचित सदुपयोग गर्न नसक्ने राजनैतिक संघर्षको प्रतिफल भेडाको मुखमा कुभिण्डो सावित हुन्छ ।
संघीयताको मुद्दाले माओवादी आन्दोलन र पार्टीलाई त विसर्जनको मुखमा पु¥याएकै छ । यो मुद्दाले नेपालका अन्य दल र आन्दोलनलाई पनि विसर्जनमा पु¥याउने कुरा निश्चित छ । नेपाल देशको अस्तित्वलाई पनि विश्व मानचित्रबाट मेटेर छाड्ने हो कि भन्ने संका उत्पन्न गरिरहेको अवस्था हामी सामु छदै छ ।
कारण संघीयताको मुद्दा जुन राजनैतिक वृत्तमा उठिरहेको छ त्यो दुखद छ । संघीयताको मुद्दा आफैमा राम्रो हो । तर यसले हाल जुन प्लेटफर्म प्राप्त गरिरहेको छ त्यो दुर्भाग्यपूर्ण छ । यसले जुन संरक्षक प्राप्त गरिरहेछ त्यो भ्रमपूर्ण छ । हाल संघियता जङ्गली यात्राको थकान मेट्न शीत निद्रामा निदाइरहेको अजिङ्गरमाथि सुतिरहे जस्तो अवस्थामा छ ।  
किनकि हामीसँग प्रमाण छ । संघीयताको विरुद्धमा नाक काटिदा पनि उभिइरहने चित्रबहादुर के.सी. उपप्रधानमन्त्री पाउने भएपछि पक्ष र सत्तामा पुग्ने साक्षी हाम्रै सामु जीवित छन् । विश्वको एक मात्र हिन्दूराष्टू नेपालका वहुसंख्यक नेपालीहरुको सम्मान गर्दै हिन्दू राष्टूको माग गर्दै एक्लो नक्षत्र बनिरहेका कमल थापा पनि अन्त्यमा सत्ता र उपप्रधानमन्त्रीको मोहमा आफ्नै मुद्दाको विपक्षमा उभिएका साक्षी पनि हाम्रै सामु जीवित छन् । लोकतान्त्रिक संविधानको निर्माणका लागि दुई दुईपल्ट संविधान सभाको चुनाव गरेर ६०१ जना सभासदहरुलाई उपेक्षा गर्दै, जनताको सुझावलाई छिँडीमा मिल्काएर निश्चित पात्र र निकायको मनोबोलीमा तराईका कतिपय क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा कफ्र्यू लगाउदै मेची महाकाली मानव साङ्लोलाई माखी साङ्लो भन्दै कार्यान्वयन हुन नसके पनि नेपालको संविधान आई छाड्यो नै । ल्याई छाडियो नै । सत्ता मोहका लागि नेकपा एमालेले काँग्रेससँग घाँटी जोड्यो नै । आफ्नो मूलभूत एजेण्डाका लागि माओवादीले बलिदानी दियो नै । सुशिल बाबुले जस लिई छाडे नै ।
क्यान्सर हुने डरले एमाले र नेपाली काँग्रेसको घाँटी सु गरेको केटाकेटीको कट्टुझैँ फुक्लियो । त्यो फुक्लिएको घाँटी माओवादीसँ जोडिन आइपुग्यो । उखाने प्रधानमन्त्री खड्क वलीले उखान हालेर जनता भुलाए । छिमेकीले सिर्जना गरेको कृतिम संकटमोचनका लागि छिमेकीकै हतियार प्रयोग गरे । नेपालका दुई कम्युनिष्ट घटकको मिलनमा जनतामा आशाका झिना किरणहरु उदाए ।  
तर चोरको नाइकेहरुको भागविलोको झगडा जस्तै भयो त्यो सम्झौता । वेश्यावृत्तिको मोलाहिजा मात्रै सावित ठहरियो त्यो सम्झौता । कारण नेपाली जनताको नवीन आशाको किरण पुनः अस्तायो । सत्ता र सम्झौताको खेलमा देश र जनतामाथि पुनः अन्तर्घात भयो । तराईका भैँसी गोठाला रामवरण यादवले आफ्नै घरमा आगो लगाएर नेपालको संविधानलाई साष्टाङ्ग दण्डवत गरी छाडे नै ।
किन यसको कार्यान्वयन हुन सकिरहेको छैन ? कारण ? संघीयताको मुद्दा नै प्रमुख हो कि ?
कार्यान्वयन होला या नहोला ? यसले यसको जन्मदाता आमा पार्टी माओवादी पार्टी र प्रमुख नायक प्रचण्डलाई विसर्जनको मुखमा त पु¥याएको छ नै ठुलो संघर्ष र त्यागबाट जन्मिएको नेपालको संविधानको कार्यान्वयन हुन नपाउँदै हत्या हुने त होइन ? भन्ने संका र संकेत अर्कोतिर देखिएको छ  नै । यसको कार्यान्वयन गर्दा कतै आफु नै विसर्जन हुनु पर्ने हो कि भन्ने भय राजनैतिक दल र नेतृत्वमा छदै छ । सदियौँ वर्षदेखि नेपालको कमजोरीमाथि फाइदा उठाउँदै आएको अन्तर्राष्टिूय दाउपेँच र गिद्देनजरबाट संविधान कार्यान्वयन र संघीयताको मुद्दा मुक्त हुन सकिरहेको छैन ।
हाम्रो संघीयता कतातिर गइरहेको छ ? के पहिले हामी संघीय राज्यमा थिएनौँ ? अवश्य थिएनौँ ।   किन ? किनकि यसको परिभाषा दिने संवैधानिक व्यवस्था थिएन । तर पनि संघीयता नै थिएन भन्न चाहि सकिदैन कि ?
नेपाल एकीकरण पूर्व बाइसे चौबिसे संघीय राज्य थिए । तिनीहरुको दिनहुजसो हुने झगडा र कलहको कारण जनता र मुलुकले दुःख पाइरहेको थियो        नै ।
छिमेकीहरुको गिद्देनजर, अंग्रेजको साम्राज्यवादबाट जोगाउन सिङ्गो नेपालको परिकल्पना स्वरुप पृथ्वी नारायण शाहले नेपाल एकीकरणको अभियान थाले नै । दौड प्रतियोगिताबाट राजा हुने लिगलिग प्रथालाई आधार लिएर स्थापित भएको गोरखा राज्यको एकीकरणको दौड शुरु भयो । कालुपाण्डे, अमरसिंह थापा, भक्ति थापा , वीरबलभद्र, बहादुर शाह जस्ता एकीकरणका नायक भीमसेन थापा जस्ता संरक्षकहरुलाई अहिलेको संघीयताले के जवाफ दिने होला ? भारदारिया झगडा, थापा र पाण्डे परिवारको प्रतिशोधपूर्ण सम्बन्ध र द्वन्द्व, विविध रुपका दरवारीया अपराध र हत्याकाण्डका कारण एकीकरण भइसकेका बाइसे चौबिसे राज्यहरुको संगठन विस्तार, नयाँ युद्ध छेडेर पुनः स्वतन्त्र राज्य स्थापित गर्ने दाउपेँचको लडाइझगडाको कारण भण्डारखाल पर्व र कोतपर्व मनाएर रगतको आहालबाट जङगबहादुर राणा जन्मिए । यसले तत्कालीन समस्या डरधम्की देखाएर हल त ग¥यो । तर १०४ वर्षे निरङ्कुश जहानिया राणा शासनको दोषबाट भने कदापि मुक्त हुन सकेन । जसको कारण कृष्णप्रसाद कोइराला जन्मिए । तिनैको गर्भबाट विश्वेश्वर प्रसाद कोइराला जन्मिए । त्यहीपाठबाट नेपालका चार शहीद जन्मिए । अहिले तिनीहरुले धेरै ज्ञातअज्ञात सहिदहरु जन्माइसकेका छन् ।
हे ईश्वर नेपालमा अब कुनै सहिद जन्माउन नपरोस भन्दै नेपाल आमाले पुकार गरेकी छन् कि कतै ? खै सोचेको ? हालको अवस्था ठुलो पृष्ठभूमि, लामो र असजिलो संघर्षपूर्ण यात्राबाट उदाएको हो भन्ने कुरा खै सम्झिएको ?
“हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ ।” यो नारा त्यसै बनेको अवश्य होइन । राजसंस्था जुन संस्कारबाट अगाडि बढ्यो र जुन सल्लाहकार र चाकरीवालहरुले आफ्नो फाइदा अनुकूल यसको व्याख्या र उपयोग गर्दै आए त्यसैले आज राजसंस्था खायो । राजसंस्थाले जसलाई विश्वास ग¥यो उसैले यो संस्थालाई घात ग¥यो । राजसंस्थाले जजसको धुरी बनाइदियो उसैले आज राजसंस्थाको धुरीमा आगो लगाइदियो । हालसम्म आइपुग्दा राजसंस्थाका सहोदर पात्र जो जति छन् ती सबै राम्रा पात्र अवश्य नहोलान् । ती सबै नायक पनि नहोलान् । खलनायक नै होलान् । मानौँ । स्वीकारौँ । व्यक्तिले जे गरेको होला । नायकहरुले लेख्ने इतिहासमा ती राम्रा नराम्रा पात्र खलनायक नै होलान । मानी लिऊँ । तर नेपालको आस्थाको धरोहर राजसंस्थाले नेपाल र नेपालीका लागि कहिल्यै त्यस्तो अन्तरघात अवश्य गरेको छैन । जसरी पञ्च महाभूत तत्वले सृष्टिको अस्तित्वलाई कहिल्यै घात गरेको छैन त्यस्तै गरी श्री ५ ले पनि नेपाल देश र जनतालाई घात     गरेको छैन ।
जसको कारण । नेपाल रहयो । नेपाली रहेयौँ । आजसम्म पनि नेपाल र नेपाली भन्न पाएका छौँ । आज त्यही श्री ५ को नाम लिदा हामी अगति पर्ने भइसकेका छौँ ।
सम्झौँ । हामी ? शुद्धिहीन त बनेका छैनौँ ? संसार पाउने वहानामा आफैलाई गुमाइरहेका त छैनौँ ? मुलुक भित्रका विदेशी त बनेका छैनौँ ? इतिहास बिर्सिएर । इतिहास मेटेर । आफ्नो सार्वभौमिकता गुमाएर । स्वाधिनता गुमाएर । स्वर्गासन पाए पनि त्यो यमलोक नै हो । त्यो मृत्यु नै हो ।
१०४ वर्षे राणा शासनले समेत आफ्नो शक्तिको दुरुपयोग गरेन । श्री ३ लेख्न सक्नेले श्री ५ पनि लेख्न सक्थ्यो । तर धर्म गुमाएन ।  यसै गुन र आस्थाका खातिर उसले श्री ५ जोगाएर राखिरहयो । अपनत्व जोगाएर राखिरहयो । सक्थ्यो तर घात गरेन ।
तर आज निरङ्कुस राणा शासन भनेर बदख्वाइँ गर्नेहरु संसारकै हिंस्रक राजनीतिक प्राणी बनिरहेछन् । आज न्यायका आँखा मरिसकेका छन् । जनता तिनै आँखाका मलामी बनिरहेछन् । साक्षी बनिरहेछन् । भूगोल, जाति, भाषा, संस्कृित, धर्म, संस्कार र वर्गका नाममा जुटिरहेछन् । फुटिरहेछन् । टुटिरहेछन् । टुटाइरहेछन् ।
श्री ३ ले श्री ५ जोगाएर राख्यो । तर हामीले त्यसलाई खायौँ । इतिहासको सम्झना स्वरुप उभिएका राजावादी शालिकहरु भत्कायौँ । इतिहासबाट राजसंस्था मेट्यौ । सम्झना र कल्पनामा समेत अब त्यसको अवशेष भेटिने छैन ।
हामीले न्याय अन्याय के ग¥यौँ राजसंस्थामाथि ? तर राजसंस्थाले नेपाल देश र जनतामाथि कहिल्यै घात गरेको थिएन । बरु अहिले डर लागिरहेको छ । संघीयताको पीडाले एकीकरण भएको नेपाल देश पुनः संघीयतामा जाँदै छ । यसले पुनः बाइसे चौबिसेको रुप नलियोस् । बाइसे चौबिसे राजा  नजन्मिउन । अस्तित्व बोधले । फेरि पृथ्वी जन्मिन नपरोस् । फेरि जङ्गबहादुर जन्मिन नपरोस् ।  
यसो भनिरहदा राजावादी बनिएला । भलै श्री ५ पछाडि जोडिने पात्र राम्रा या नराम्रा होलान नै । अहिले सबैको आलोचना र आँखी पनि बनिएला । विविध दबाब र हस्तक्षेप पनि आउलान नै । जे वादी बने पनि न्यायवादी बन्न कहिल्यै छाड्नु हुँदैन । यसै मनसायले यति लेख्ने आँट गरियो । प्रतिक्रिया जे     आओस ।  
सन्दर्भमा भन्न सकिन्छ । खै लोकतन्त्र ? खै स्वतन्त्रता ? खै शान्तिसुरक्षा ? खै जनताको शासन ? खै सुशान ? खै समृद्धि ? खै २१ औँ शताब्दीको आधुनिक र समृद्ध नेपाल ? खै आँखा ? बुद्धका आँखा ? स्वयम्भूका आँखा ? जुन आँखाबाट आँसु होइन रगत बगिरहेछ ।
हाम्रो मन मस्तिष्कबाट ५ विकास क्षेत्र, १४ अञ्चल, ७५ जिल्ला र करिब ४००० जति गा.वि.स.को अस्तित्व र अनुराग मेटिन सकेको छैन । भूगोल, नेपालीहरुको मन, मस्तिष्क, शारीरिक बनावट, उचाइ, कत्लो, सोँच, स्तर, रुचि, आस्था, धर्म, संस्कार, भाषा, भाषिका,  प्राकृतिक र जैविक सम्पदाको समानुपातिक वितरण, ऐतिहासिक गौरवगाथाको संरक्षण, राष्टिूय अक्षुण्णता र एकताको बलियो गाँठोका रुपमा भौगोलिक र राजनैतिक न्यायका हिसाबले २४० वर्षको अध्ययन, अनुसन्धानको आधारमा सिङ्गो नेपालको विकास र सर्वशुलभ पहुँचका दृष्टिले श्री ५ ले दिएको रुप थियो त्यो । कोरेको सिमाङ्कन थियो त्यो । अति वैज्ञानिक । विश्वमानचित्र र मूल्यांकनमा समेत फेल नखाने रुप थियो त्यो  सिमाङ्कन । तर आज मेटिदै छ । राजनैतिक दाउपेँचको सिकार हुँदै छ । तर ऊ प्रतिको अनुराग हाम्रो मनमस्तिष्कबाट यति सजिलै मेटिन सकेको छैन ।
देश र जनताको स्तरोन्नतिका लागि मार्गचित्र कोर्ने अधिकार हरेक देशका नागरिकमा सुरक्षित छ । नयाँ सिमाङ्कनको अधिकार पनि हामीमा सुरक्षित छ । तर बनाउने वहानामा बनाउनै नसकिने गरी नबिगारियोस् । नबिग्रियोस् ।  प्राप्त गरेको उपलब्धी पनि नगुमोस् । एक पल्ट बडामहाराजाधिराज, नेपाल राष्टूका निर्माता, राष्टूपिता, सम्पूर्ण नेपाल र नेपालीका एकताका सूत्र, आस्थाका धरोहर श्री ५ पृथ्वीनारायण शाहलाई साष्टाङ्ग दण्डवत गर्न मन लाग्यो । “मेरा साना दुःखले आज्र्याको मुलुक होइन । सबलाई चेतना भया ।”
लेखक शिक्षण पेशामा आवद्ध छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!