दाङको लमही नगरपालिकामा ९५ मतले एमाले विजयी

Posted on: 04 Jul, 2017

असार २०, लमही । दाङको लमही नगरपालिकामा पनि नेकपा एमाले विजयी भएको छ । 

मेयरमा एमालेका कुलबहादुर केसीले ५ हजार ११२ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जोगराज चौधरीले ५ हजार २७ मत ल्याएका छन् ।

चौधरीलाई ९५ मत अन्तरले पछि पार्दै एमालेका केसी लमही नगरपालिकाको पहिलो मेयर बन्न सफल भएका हुन् । 

यसैगरी उपमेयरमा कांग्रेसकी देवका बेल्बासे निर्वाचित भएकी छन् । दाङका १० स्थानीय तहमध्ये एमालेले पाँच तह जितिसकेको छ । यसैगरी कांग्रेसले ३ स्थानीय तह र माओबादी केन्द्रले १ स्थानीय तहमा बिजयी हुन सफल भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!