मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

Posted on: 17 Jan, 2024

माघ ३, दाङ | दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-१७ मानपुरस्थित सडकमा रा.५ प ९७८ नम्बरको  मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २६ वर्षीय सविन चौधरीको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!