​तुल्सीपुर उपमहानगरमा एमाले विजयी

Posted on: 06 Jul, 2017


असार २२, दाङ  ।  दाङको तुल्सीपुर उपमहानगरपालिकामा एमाले विजयी भएको छ । 

एमालेका मेयरका उम्मेदवार घनश्याम पाण्डेय २२ हजार ८ सय ५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपालीका कंग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९ सय ३ मत प्राप्त गरेका छन् । 

त्यस्तै उपमेयरमा पनि एमाले विजयी भएको छ । एमालेकी मेयरका उम्मेदवार माया आचार्यले २१ हजार ३७ मत ल्याएर विजयी भएकी हुन् । उनकी  निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी देवका नेपालीले २० हजार १ सय ८५ मत  प्राप्त गरेकी छन् ।  

१९ वडा रहेको उपमहानगरपालिकामा १० वटा वडामा नेपाली कांग्रेस र ९ वटा वडामा एमाले विजयी भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!