संविधान संशोधनपछि २ नम्बर प्रदेशको निर्वाचन: महरा

Posted on: 15 Jul, 2017

असार ३१, दाङ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनपछि मात्र २ नम्बर प्रदेशको निर्वाचन गरिने बताउनुभएको छ । 

आज बिहान प्रेस सेन्टर दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । 

संविधान संशोधन गर्नका लागि नेकपा(एमाले)ेले पनि साथ दिनुपर्ने उहाँको भनाइ छ । उहाँले सबै दललाई सहमतिमा ल्याएर मात्र चुनाव गराउनको लागि यसअघि सरकारले दुई नम्बर प्रदेशको चुनावको मिति सारेको स्पष्ट पार्नुभयो । 

उपप्रधानमन्त्री महरा आज राप्ती उपक्षेत्रीय अस्पताल घोराहीको भवन शिलान्यास कार्यक्रममा सहभागी हुन दाङमा आइपुग्नु भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!