प्रदेश ५ मा राष्‍ट्रियसभा निर्वाचन सम्पन्न, नतिजा आज बेलुका १० बजेभित्रै

Posted on: 07 Feb, 2018

माघ २४, दाङ । प्रदेश नम्बर ५ मा राष्ट्रियसभा निर्वाचनको मत परिणाम आज राति १० बजेसम्म आउने भएको छ । प्रदेश ५ को मतदान दिउँसो तीन बजे सकिएको थियो ।

प्रदेश ५ मा राष्ट्रियसभा निर्वाचनको मतदान दाङको कर्मचारी मिलन केन्द्र अगाडि भवनको खुला चौरमा भएको हो । प्रदेश नम्बर ५ मा ३०५ जना मतदातामध्ये ३०३ जनाले मतदान गरेका छन् । यहाँ संघीय समाजवादी फोरम नेपालका हुरुपन्देहीकी विना पन्त र बाँकेका अहमद साहले मतदान गरेनन् । 

प्रदेश ५ मा राष्ट्रियसभा निर्वाचन अन्तर्गत तीन जना महिला सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् भने बाँकी ५ जना सदस्य चयनका लागि मतदान भएको हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!