दाङमा सर्पले डस्दा एकजनाको मृत्यु

Posted on: 09 May, 2017

बैशाख २६, दाङ । दाङमा सर्पले डसेर एकजनाको ज्यान गएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीमा सर्पले डसेर सोमबार बेलुका ३९ वर्षीय लोकजङ्ग विकको मृत्यु भएको छ । 

सर्पले डसेपछि समयमा अस्पतालमा नल्याई गाउँमा नै झारफुक गरेको र अन्तिम चरणमा अञ्चल अस्पतालमा ल्याइएपछि उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुका प्रमुख लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!