अमेरिकाका कराते खेलाडी ठकुरी अमेरिका गट ट्यालेन्टमा जाने तैयारीमा

Posted on: 13 Dec, 2016

बिजय थापा, मंसिर २८, वाशिंगटन डीसी । डीसी महानगर क्षेत्रमा बसोबास गर्ने भुतपुर्ब सितेरियो खेलाडी हाल अमेरिकन मारिन गोजु कराते दुई डान उज्जवल ठकुरी अमेरिका गट ट्यालेन्टमा जाने तैयारीमा जुटेका छन । 

नेपाल र नेपालीको नाम उच्च राख्ने हेतुले नेपाली समुदायको शुभेक्षा ,हौशला ,समर्थन तथा आशिर्बाद लिने उद्धेस्यले गत दिसम्बर ११ तारीख बाल्टीमोरमा एक पत्रकार भेटघाट कार्यक्रम संपन्न गरेका छन । 

उनको यो तैयारी तथा अन्य बिषयमा समेत जानकारी दिने हेतुले बाल्टीमोरका नेपाली समुदायको पहलमा अमेरिका गट ट्यालेन्ट सम्बन्धी एक अंतरक्रियात्मक कार्यक्रमको आयोजना गर्यो । 

उन्ले कसरी आफुले अमेरिका गट ट्यालेन्टमा गिनीज पुस्तकको लागि भिडियो (श्रब्य दृश्य ) पठाएको र पत्राचार  गरेको बारेमा उन्ले जानकरी गराएका थिए । उनले  पत्र नै सार्बजनिक गरि सामाजिक संजालमाँ राखेका छन । 

ठकुरी आगामी जनवरी १४ तारीखमा अमेरिकाको फिलाडेल्फियामाँ १२ औ सत्रको लागि आमंत्रित भएका छन। र  समय ६ बजेर ३० मिनट मा पुग्नु पर्ने भनी पत्रमा तोकेको छ।  उनको त्यों प्रस्तुति क़्यू एक्ट पद्धति माँ राखिएको बताएको छ । 

ठकुरीले त्यहा राम्रो प्रदर्शन गरे भने उनीले अमेरिका गट ट्यालेन्टमा प्रत्यक्ष प्रसारण मा भाग लीन पाउने छन ।  अमेरिका गट ट्यालेन्टमा संभवत ठकुरी अहिले सम्मको जानकारी अनुसार नेपाली मूलका पहिला ब्यक्ति पनि हुने छन । 

अमेरिका गट ट्यालेन्टमा सहभागी हुन जाने बिषयलाई लिएर खेलाड़ी ठकुरीलाई हौशला र ब्यापक प्रचार प्रसार  जुटाउन पनि संचार कर्मीलाई जमघट गराएको कार्यक्रमलाई संयोजन गर्ने महेश भट्टराईले बताए । 

बाल्टीमोरमा संपन्न पत्रकार भेटघाट कार्यक्रममा डीसी महानगर क्षेत्रका पत्रकारहरुको उपस्थिति रहेको थियो भने बिभिन्न जिज्ञाशाको उत्तर खेलाड़ी ठकुरीले दिएका थिए । 

ठकुरीका उमेरका खेलाडीहरु अवकास लिने अवस्थामा हुन्छन् भने उमेरले कहिले आफू भित्र रहेको प्रतिभा न मर्ने भएकोले केवल नेपाल र नेपालीको नाम उच्च पार्दै नेपाली झंडा लाई विश्वमा चिनाउने प्रतिबद्धता जाहेर गरेका छन । 

यसको साथै उज्जवल ठकुरी गिनिज बुक अफ वर्ल्ड रेकर्डको नजिक पनि रहेका छन । त्येसका  लागि उनले सम्पूर्ण कागजात पठाई सकेका छन भने केहि समय भित्र नतीजा प्रतीक्षामा रहेको बताएका थिए । 

ठकुरीले हाल सम्म १३ स्वर्ण ,४ रजत तथा ४ काश्य पदक हात पारि सकेका छन् ।  ठकुरीले अमेरिकाका सात वटा राज्यमा कराते खेलमा पदक प्राप्त गर्दै नेपाली झन्डा फहराउने नेपाली मुलका खेलाडी भएका छन् । कार्यक्रम सञ्चालन संचारकर्मी सरोज केसीले गरेका थिए । 

ठकुरीले आफुले अमेरिकामा पाएका सबै पदक प्रदर्शनको लागि ल्याएका थिए भने पदकको बारेमा पनि ब्याख्या गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!