चट्याङ्ग लागेर दोलखामा ६ जना घाईते, लाखौँको क्षति

Posted on: 21 Mar, 2017

ताराबहादुर महत, चैत्र ८, दोलखा । सोमबार बर्षासँगै परेको चट्याङ लागेर दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ५ भित्री गैरीकी (साविकको डाँडाखर्क–४) सुनिता मगरको अस्थायी टहरो पुर्ण रुपमा नष्ट भई करिब ३ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

चट्याङ लागेर स्थानिय शन्तबहादुर मगरको एउटा भैँसी समेत मरेको जनाईएको छ । चट्याङ्ग लागेर ६ जना स्थानियबासी घाईते भएका छन । घाईते हुनेहरुमा स्थानिय ३३ बर्षिय सुनिता मगर, ६५ बर्षका शन्तबहादुर मगर, ६५ बर्षकी जालमाया मगर, ३० बर्षकी आईतिमाया मगर, ४६ बर्षकी गंगामाया मगर र ५५ बर्षकी दिलमाया मगर रहेका छन । घाईते सबैको स्थानिय मेडिकलमा उपचार भईरहेको र उनीहरुको अवस्था सामान्य रहेको दोलखा प्रहरीले जनाएको छ ।

त्यसैगरी सोमबार बर्षासँगै परेको चट्याङका कारण भिमेश्वर नगरपालिका वडा नम्बर ९ (साविकको लाँकुरीडाँडा–४) की जगतकुमारी श्रेष्ठको घरमा आगलागी हुँदा नगद, सुनचाँदी, अन्नपात र लत्ताकपडा गरी करिब ३ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!