गौरीशङ्करमा टेलिकमको सेवा विस्तार

Posted on: 07 Apr, 2017

चैत २५, दोलखा । विकट गौरीशङ्कर आसपासका क्षेत्रमा नेपाल टेलिकमले सेवा विस्तार गर्न लागेको छ । 

सडक सञ्जाल समेत नपुगेको गौरीशङ्करको बेइदिङमा हेलिकप्टरबाट टावर निर्माणका लागि निर्माण सामग्री ढुवानी गरी निर्माणको काम सुरु गरिएको नेपाल टेलिकम दोलखा शाखाका प्रमुख श्याममणि अर्यालले जानकारी दिनुभयो । 

यसअघि गौरीशङ्कर आसपासको क्षेत्र पूर्णरुपमा सञ्चार सेवाबाट वञ्चित रहेको थियो । टावर निर्माणको काम १५ दिनमा सकिने टेलिकमले जनाएको छ । सो क्षेत्रमा हेलिकोप्टरबाटै २५ केभीको जेनेरेटर समेत लगेर जडान गरिएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!