डोटीमा बदर मत घटाउन मतदाता शिक्षा

Posted on: 23 Jun, 2017

प्रकाश बम | असार ९,डोटी | स्थानिय तह पहिलो चरणको निर्वानमा धेरै जसो मतदाताले मत बदर गरेको भन्दै डोटीमा यसलाई प्राथमिकता साथ हेरेको छ । ‘स्थानिय तहको निर्वाचनमा मतदान गरौ,आफ्नो मताधिकारको प्रयोग गरौ’ भन्ने मुल नारालाई जिल्लामा बिशेष जोड दिएको निर्वाचन कार्यलय डोटीले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यलयले आईतबार देखि  मतदाता परिचयपत्र वितरण सँगै मतदान केन्द्रबाट मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गर्ने जिल्ला निर्वाचन अधिकृत नन्दि राज ओझाले बताएका छन् ।

निर्वाचन कार्यालयले आइतबार देखि मंगलबार सम्म तीन दिन बिहान ७ बजे देखि साँझ ७ः३० बजे सम्म सो कार्यक्रम राखेको निर्वाचन अधिकृत ओझाले बताए ।

कार्यालयले जिल्लामा सही मतदानबारे जानकारी दिन मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा पनि दिन लागेको जनाएको छ । 

मत बदर हुन नदिन र  सही तरिकाले मत बाकसमा खसाल्न सिकाउने निर्वाचन अधिकृत ओझले जानकारी दिनु भयो । हरेक स्वयम सेबकलाई मतदान केन्द्रमा मतदाता परीचयपत्र लिन आउनेलाई भित्तामा टाँसेको मत पत्र को अवलोकन गराउने समेत अधिकृत ओझाले बताए । उहाँका अनुसार यसपटक एउटै मतपत्रमा सात लहरमा निर्वाचन चिन्ह राखिएका छन् । हरेक मतदाताले प्रत्येक कोठामा एउटा मात्र स्वस्तिक छाप लगाउनुपर्ने हुन्छ । यसरी लगाएको छाप, पहिलो लहरमा नगरपालिका वा गाउँपालिकाको प्रमुखका लागि हुने, दोस्रोमा उपप्रमुखका लागि र तेस्रोमा वडाध्यक्षका लागि हुनेछ । त्यस्तै, चौथो लहरमा महिला सदस्य र पाँचौ लहरमा दलित महिला सदस्यका लागि छाप लगाउनु पर्नेछ ।

पछिल्लो छैटौं र सातौं लहरमा भने खुला वडा सदस्यका लागि छाप लगाउनु पर्नेछ । यसमा मतदाताको इच्छा अनुसार छैठौ कोठामा मात्र वा सातौंमा मात्र लगाउन सकिने वा छैटौं र सातौं दुवैमा एकरएक वटा छाप लगाउन पनि सकिने निर्वाचन कार्यालयले जनाएको छ । 

कार्यालयले मतदातालाई आइतबार देखि मंगलबार सम्ममा मतदान केन्द्रबाट आफ्नो मतदाता परिचयपत्र लिन आग्रह गरेको छ । मतदाता परिचयपत्र लिन आउँदा आफ्नो परिचय खुल्ने नागरिकता वा अन्य परिचयपत्र अनिवार्य आवश्यक रहने छ । कार्यालयका अनुसार १० गतेसम्ममा सबै मतदान केन्द्रमा कर्मचारी खटाइने र ११ गतेदेखि मतदाता परिचयपत्र वितरणको कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृत नर नारायण पौडेल बताएका छन् । निर्वाचन कार्यालयका अनुसार डोटीमा कुल एक लाख १ हजार २१ मतदाता रहेका छन् । जसमा महिला ५४ हजार ८ सय ४९ र पुरुष ४६ हजार १ सय ७२ रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!