४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्यालयमै कोरोनाविरुद्धको खोप

१८ पुष २०७८, आईतवार ०५:०९

पुस १८, काठमाडौँ | जिल्लाको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरुआत गरेको छ। पालिकाभरिका सबै विद्यालयमा अध्ययनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका अनमी विद्यी भण्डारीले जानकारी दिए।

उनले भने, ‘विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई हामीले कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेका छौं, विद्यार्थीहरू बढी जोखिममा पर्ने भएकाले खोप लगाउन थालिएको हो।’ प्रायः स्कुले बालबालिका कोरोना जोखिममा पर्ने गरेका र सरकारले सबै विद्यार्थीलाई खोप दिने निर्णय गरेअनुसार उक्त पालिकामा रहेका विद्यार्थीलाई एकैसाथ खोप दिन थालिएको बताइएको छ।

हालसम्म तोकिएका उमेर समूहका विद्यार्थीले आफ्नो विद्यालय तथा अन्य क्षेत्रमा तोकिएको खोप केन्द्रमा गएर खोप लगाउनुपर्ने व्यवस्था मिलाइएको गाउँपालिका स्वास्थ्य संयोजक गोविन्द विष्टले जानकारी दिए। विद्यार्थीलाई खोप लगाउने अभियान सुरु भएपछि विद्यार्थी पनि खुसी साथ खोप लगाउन आउन थालेका नवोदय मावि गड्सेरामा प्राचार्य फणेन्द्र खडायतले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ