४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

स्वास्थ्य सामग्री वितरण

८ आश्विन २०७८, शुक्रबार ०५:५१

असोज ८, काठमाडौँ (रासस ) । ‘मानवीय सेवामा अनेकौँ प्रयास’ नामक एक गैरसरकारी संस्थाले कोरोना माहामारीका कारण लामो समयपछि सञ्चालन भएका जिल्लाका विभिन्न विद्यालयमा रु चार लाख ५० हजार बराबरको स्वास्थ्य सामग्री वितरण गरेको छ ।

आदर्श गाउँपालिकामा रहेका नमादेव मावि साउदकाँडा, कालीभैरव मावि कोटाञ्जर, प्रभात मावि देहिमाण्डौँ, लक्ष्मी मावि काँडी र कालिकास्थान माविलाई सर्जिकल मास्क र स्यानिटाइजर वितरण गरिएको हो । कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरण होस् भनेर उक्त गाउँपालिकाका पाँच विद्यालय र त्यहाँको स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिनुभयो ।

उक्त संस्थाद्वारा सञ्चालित कोभिड–१९ रिलिफ सपोर्ट र केयर एण्ड रिलिफ परियोजनाअन्तर्गत स्वास्थ्य सामग्री वितरण गरिएको संस्थाले जनाएको छ । यसैगरी उक्त संस्थाले आदर्श–५ मा रहेको लामिखाल स्वास्थ्यचौकीमा सात लिटरको अक्सिजन कन्सन्ट्रेटर, नेबुलाइजर, थर्मलगन, अक्सिपल्स मेसिन र दुई थान पिपिइ सेट वितरण गरिएको छ । मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सामग्रीले कोरोनाबाट मात्र नभई अन्य रोगबाट पनि बचाउने भएकाले शिक्षक, विद्यार्थीको प्रयोगका लागि उक्त सामग्री अतिउपयोगी भएको लामिखाल स्वास्थ्यचौकीका इन्चार्ज महेन्द्र सिंहले बताउनुभयो । 

विद्यालयले किनेर वितरण गर्न नसकेको अवस्थामा साइन नेपालले प्रदान गरेका स्वास्थ्य सामग्रीले विद्यालयमा निकै राहत भएको र सबै विद्यार्थीले मास्क लगाउन पाएको स्वास्थ्य सामग्री पाएका विद्यालयका शिक्षकले बताएका छन् । उक्त संस्थाले डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा स्वास्थ्य, शिक्षा, महामारी, विपद् जोखिम, आयआर्जनका क्षेत्रमा काम गर्दै आएको छ । उक्त संस्थाले सो गाउँपालिकामा यसअघि सीपमूलक तालिम, छाउपडीसम्बन्धी सचेतना, स्वास्थ्य सामग्री वितरण, महामारी नियन्त्रण, विद्यालयमा कम्प्युटर, प्रिन्टरलगायत सामग्री वितरणजस्ता काम सञ्चालन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ