डोटीमा अटो दुर्घटना, एक जनाको मृत्यु

Posted on: 11 Sep, 2023

भदौ २५,  डोटी | डोटीमा अटो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

जिल्लाको बडिकेदार गाउँपालिका-१ रुमाल भिरमा भएको दुर्घटना हुँदा सोही गाउँपालिका-३ कि ५८ वर्षीया कस्तुरीदेवी जेठाराको मृत्यु भएको हो ।

प्रहरीका अनुसार सहजपुर बोगटान दिपायल सडकमा बीपीनगरबाट खड्यौली जाँदै गरेको सुप ०१००१ ह ५४०६ नम्बरको अटो गए राति अन्दाजी ९ः३० मा दुर्घटना भएको हो ।

प्रहरी चौकी खड्यौलीका इन्चार्ज भास्कर दत्त पन्तले अटो चालक बडीकेदार-१ का उत्तम बोहरा सामान्य घाइते भई प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिए ।

रातिको समयमा घटना के कति कारणले भएको हो भन्ने नखुलेको पन्तको भनाई छ । अटो सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!