नेपाल टेलिकमले ल्यायो गिफ्ट प्याकेज,कसरी सुचारु गर्ने ?

Posted on: 04 Dec, 2019

मंसिर १८, काठमाडौं | नेपाल टेलिकमले आफ्ना ग्रहाकहरुका लागि भ्वाइस तथा डाटा सेवामा उपहारस्वरुप प्रदान गरिने सुविधा ल्याएको छ | जस अन्तर्गत निशित समयका लागि भ्वाइस वा डाटा सेवा साथीभाई वा आफन्तलाई उपहारका रुपमा प्रदान गर्न सकिने छ |

यो सेवा लिन चाहनेहरुले नेपाल टेलिकमको मोबाइल एप आफ्नो मोबाइलमा डाउनलोड गर्नुपर्ने छ | डाउनलोड गरेपछि ‘रजिष्टर’मा क्लिक गरी एपमा मागिए बमोजिम प्रयोगकर्ताको नाम, मोबाइल नम्बर, पासवर्डलगायत विवरण राखेपछि लग इन हुन्छ | त्यसपछि मोबाइलमा एकपटकका लागि कोड नम्बर आउँछ, उक्त कोद इन्ट्री गरी एप प्रयोग गर्न सकिन्छ |

जुन एप बाट आफन्त वा साथीभाइलाई कुराकानी गर्ने वा इन्टरनेट चलाउने समय उपहारका रुपमा प्रदान गर्न सकिन्छ | न्टरनेट चलाउने डाटा सेवा उपहारस्वरुप दिन चाहनुहुन्छ भने एप खोली गिफ्ट प्याकेज्समा क्लिक गर्नुपर्छ | रु.३० मा ३ दिन चलाउन मिल्ने ९० एमबी, रु.६० मा ७ दिनको १९० एमबी र रु.१०० को ५०० एमबी तथा रु.२४० को २८ दिन चलाउन सकिने १५०० एमबी डाटा गिफ्ट गर्न सकिन्छ |

कति एमबीको डाटा उपहार दिइने हो निश्चित गरेपछि क्लिक टु सब्सक्राइब लेखिएको स्थानमा क्लिक गरी दिन चाहेको मोबाइल नम्बर लेखी ओके गर्नुपर्दछ | 

यसैगरी  एपको गिफ्ट प्याकेजमा गई भ्वाइस क्लिक गरी २५ रुपैयाँको ४० मिनेट कुरा गर्न सकिने एकदिने प्याकेज उपहार दिन सकिन्छ | 

सात दिनसम्म १९० मिनेट कुरा गर्न सकिने प्याकेज उपहार दिने हो भने जम्मा १ सय मात्र लाग्दछ । जम्मा २४० रुपैयाँमा २८ दिनसम्म ४९० मिनेट कुरा गर्न सकिने प्याकेज पनि उपहार प्रदान गर्न सकिने छ | साथै ५ सयमा ४२ दिनसम्म प्रयोग गर्न सकिने ११ सय मिनेट गिफ्ट गर्न पनि सकिन्छ ।|

यस बिषयमा तपाइको प्रतिक्रिया...!