एसईई चैत १० देखि, करिब ५ लाखको सहभागिता हुने

Posted on: 30 Nov, 2018

मङ्सिर १४, काठमाडौं | यस वर्षको एसईई चैत १० देखि हुने भएको छ । परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

प्रदेश तहमा परीक्षा सञ्चालन गर्ने भनिए पनि तयारीकै क्रममा रहेकाले यस वर्ष बोर्डमातहतमै हुन लागेको हो। परिक्षा व्यवस्थापन र उत्तरपुस्तिका परीक्ष्ँण प्रदेश कार्यालयबाट हुने परीक्षा नियन्त्रक रामशरण सापकोटाले बताए । 

प्रश्नपत्र र नतिजा प्रकाशन भने बोर्डले नै गर्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!