कतारमा श्रमिकका लागि हटलाइन सुरु, ९२७२७ मा फोन वा एसएमएस गरेर गुनासो दर्ता गर्न सकिने

Posted on: 01 Apr, 2020

चैत्र १९, काठमाडौं । कतारले श्रमिकको गुनासो सुन्न हटलाइन सुरु गरेको छ । श्रमिकका कुनै गुनासो भएमा ९२७२७ मा फोन वा एसएमएस गरेर आफ्नो गुनासो दर्ता गर्न सकिने द पेनन्सुला, कतारले जनाएको छ ।

श्रमिकका गुनासो समाधान गर्ने उद्देश्यले हटलाइनको व्यवस्था गरिएको कतारको श्रम सम्वन्धि विषय हेर्ने मन्त्रालयले जनाएको छ ।

यसैवीच कतारले मुलुक बाहिर रहेको अवस्थामा कतारको आवासिय अनुमति पत्रको म्याद सकिएमा कोरोना भाइरसको महामारीको समयावधिका लागि स्वतः नविकरण हुने भएको छ । त्यसरी कतार बाहिर रहेका श्रमिक महामारी सकिएपछि सहज रुपमा कतार आउन सक्ने र उनीहरुले कुनै जरिवाना तिर्नु नपर्ने व्यवस्था कतारले गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!