४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नियमित उडान खोल्यौं नसके हप्तामा एउटा वाइडवडी मलेसिया पठाईदेऊ’ : राजदुत पाण्डे

१० जेष्ठ २०७८, सोमबार ११:२१

जेठ १०, काठमाडौं । मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले नियमित उडान शुचारु गर्न सरकारलाई आग्रह गरेका छन् । मलेसियामा रहेका नेपालीहरु श्रमिकहरु स्वदेश फर्कन नसक्दा समस्यामा रहेको भन्दै उनले नियमित उडान खोल्न नसके हप्तामा एउटा वाइडवडी मलेसिया पठाईदिन सरकारसंग आग्रह गरेका छन् ।

रोलिङ्ग कर्मशील विदेशले गरेको आयोजना गरेको "कोभिड: वैदेशिक रोजगारीमा रहेकाहरुको चुनौती" विषयक वेबिनार कार्यक्रममा बोल्दै राजदुत पाण्डेले यस्तो आग्रह गरेका हुन् ।

हरेक हप्ता ५ सय जनाको करार अवधि सकिन्छ, उनीहरुको उडान हुन नसक्दा समस्यामा छन् राजदुत पाण्डेले भने 'विभिन्न जेलबाट छुटेकाहरु तोकिएको समयमा नेपाल फर्कन नपाए उनीहरूलाई १० हजार रिंगेट जरिवाना र जेल जानुपर्ने अवस्था छ।' 

सरकारले विदेशबाट समेत आवश्यक सामाग्री संकलन गर्न निर्देशन दिएसंगै विभिन्न संस्थाहरुले स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् हाल २५/३० टन भैसक्यो उनले भने 'यो समाग्री पनि उडान बन्द हुँदा नेपाल पठाउन सकिएको छैन ।' 

मलेसियाम कोरोनाको दोश्रो लहर बढ्दै गएकोले हाल दैनिक ६ हजार संख्यामा थपिएका उनले बताए । कोभिड -१९ संक्रमणका कारण मलेसियामा ९ जना नेपालीको मृत्यु भएको उनले बताए ।  अहिलेसम्म विभिन्न कम्पनीमा कार्यरत ५ हजार नेपाली संक्रमित भएका राजदुत पाण्डेले जानकारी दिए ।

मलेसियाम रोजगारीमा रहेका ३६ जनाको मृत्यु भएको छ उनीहरुको शव नेपाल लैजान सकिएको छैन राजदुत पाण्डेले भने 'कम्तिमा हप्तामा एक १ वाइडवडी मलेसिया पठाईदिए उक्त शव पठाउन सहज हुने थियो  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ