2026-10-23 03:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा

2026-07-10

काठमाडौँ | नेपाली कम्युनिस्ट पाटी (नेकपा) ले राहदानी विभाग अगाडि आत्मदाह गर्ने मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेकपाकी सांसद पार्वती विकले सरकारले बढाएको चर्को ट्राफिक जरिवाना र प्रशासनिक दबाबका कारण एक युवाले अकालमै ज्यान गुमाउनुपरेको बताइन् । सांसद विकले गणेश नेपालीले मोटरसाइकल पार्किङ गरेको निहुँमा १० हजार रुपैयाँ जरिवाना तिर्नुपरेको र त्यसबाट सिर्जित मानसिक तनावका कारण आत्मदाहको बाटो रोजेको उल्लेख गरिन् ।

‘१० हजार जरिवानाले उनलाई कति तनाव दियो होला ? यो जरिवाना मात्र होइन, राज्यको संवेदनहीनताको उपज हो,’ उनले भनिन्, ‘नेपाल सरकारले हालै ट्राफिक जरिवाना हेरफेर गर्दा कसुरको प्रकृति र गम्भीरतालाई ख्याल नगरेकै कारण यो ज्यान गएको छ।’

सांसद विकले गणेश नेपालीको मृत्यु केवल एक व्यक्तिको मृत्यु नभएर राज्यको उत्तरदायित्व र सामाजिक विवेकमाथिको गम्भीर प्रश्न भएको बताइन् । उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र विक्षिप्त परिवारलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरिन् । आफ्नो सम्बोधनका क्रममा सांसद विकले राष्ट्रियताको विषयमा पनि सरकारको ध्यानाकर्षण गराइन् । प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको भनी दिएको अभिव्यक्ति गैरजिम्मेवार रहेको उनको भनाइ थियो। यस्तै, सुस्तामा भारतीय सुरक्षा बलको प्रवेश र दार्चुलाको आकाशमा भारतीय हेलिकप्टरले विना अनुमति उडान भरेको विषयमा कूटनीतिक नोट पठाइयो कि पठाइएन भन्ने प्रश्न पनि उनले गरिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ