2026-10-02 12:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ

2026-07-10

काठमाडौँ | प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा गृहमन्त्री सुधन गुरुङ भावुक बनेका छन्। राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनालाई लिएर संसदमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनी केहीबेर बोल्न नसकी भावुक देखिएका थिए।

सभामुख डोलप्रसाद अर्यालबाट समय लिएर रोष्टममा पुगेका गृहमन्त्री गुरुङ केही क्षण गम्भीर मुद्रामा मौन रहे र असहज महसुस भएपछि केही समयका लागि रोष्टमबाट बाहिरिएका थिए। केही समयपछि पुनः रोष्टममा फर्किएका उनले भावुक हुँदै आफ्नो धारणा राखे। संसदमा उठेका प्रश्नहरूको प्रतिवाद गर्दै गृहमन्त्री गुरुङले मुखले मात्रै सेवाको कुरा गर्ने समय सकिएको बताए। उनले भने, ‘घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन। त्यो मुखले बोलेको ५० औं वर्ष भइसक्यो, अब हामीले हातले काम गर्नुपर्छ। हामीले आफ्नो जनताको सेवा गर्नुपर्छ।’

उनले आफ्नो कामलाई केही सांसदहरूले ‘स्टन्टबाजी’ भनी टिप्पणी गरेकोप्रति असन्तुष्टि जनाउँदै अगाडि थपे, ‘मलाई कसैका लागि स्टन्टबाजी गर्ने कुनै इच्छा छैन। म यो देशको सेवा गर्न आएको हुँ।’ गणेश नेपालीको मृत्युको विषयलाई लिएर संसदमा भएको चर्को बहसप्रति लक्षित गर्दै गृहमन्त्री गुरुङले प्रश्न गरे, ‘म यो सम्मानित सदनलाई सोध्न चाहन्छु, हिजो हस्पिटलमा तपाईंहरू कति जना पुग्नुभएको थियो? जो यहाँ घाँटी चिच्याएर कराउनुभएको छ, उहाँहरूमध्ये को–को त्यहाँ हुनुहुन्थ्यो?’

उनले आफू र आफ्नो टिमले गृह प्रशासनलाई कसरी सुदृढ बनाउने भन्ने विषयमा निरन्तर छलफल गरिरहेको जानकारी दिँदै जनताको पीडामा केवल राजनीति मात्र गर्न नहुने संकेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा